Comments Add Comment

दैनिक ४ करोड बढीको चामल आयात

१४ साउन, काठमाडौं । कृषि प्रधान मुलुक भएपनि नेपाल चामलका लागि छिमेकी मुलुक भारतसँग परनिर्भर छ । भारतबाट अहिले दैनिक ४ करोड १६ करोड रुपैयाँ बराबरको चामल आउने गरेको छ ।

Riceनेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले नेपालमा चामलको आयात हरेक वर्ष बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७१/०७२ को ११ महिनामा भारतबाट १३ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ बराबरको चामल आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २४ प्रतिशतले बढी हो ।

आव २०७०/०७१ को ११ महिनामा ११ अर्ब ७ करोड ७१ लाख रुपैयाँ बराबरको चामल भारतबाट आयात भएको थियो । त्यो बेला चामल २०६९/७० को तुलनामा ३९ प्रतिशतले बढेको थियो ।

चिनी आयात घट्यो

चिनीको आयात भने पछिल्ला वर्षहरुमा हृवात्तै घटेको देखिन्छ । गत आर्थिक वर्षको ११ महिनामा भारतबाट १ करोड ५५ लाख रुपैयाँको मात्र चिनी आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७३.९ प्रतिशतले कमी हो ।

आव २०७०/७१ म्ाा ५ करोड ९६ लाख रुपैयाँ बराबरको चिनी आयात भएको थियो । त्यतिबेला पनि अघिल्लो वर्षको तुलनामा चिनीको आयात ९४.४ प्रतिशतले घटेको थियो ।

पछिल्लो समय नेपाल चिनीमा आत्मनिर्भर बनिसकेको छ । उखु किसान र चिनी मिलको संख्या बढ्दै जाँदा आयात खुम्चिन पुगेको हो । अबको केही वर्षभित्रमा भारतबाट चिनी आयात पूर्णतया बन्द हुने चिनी उद्योगीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment