Comments Add Comment

ताप्लेजुङमा रक्सि खाएर हल्ला गर्नेलाई एक हजार जरिवाना

१४ साउन, ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले मादक पदार्थ सेवन गरी हल्ला गर्नेलाई १ हजार रुपैयाँ जरिवाना गर्न सुरु गरेको अभियानमा युवाहरु धेरै कारवाहीमा परेका छन् ।

गत वैशाखदेखि असार मसान्तको अवधिमा एक महिलासहित २० जना कारवाहीमा परेका छन् । तिमध्ये युवाहरु धेरै रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक शान्तिराज कोईरालाले जानकारी दिए ।

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी १८ देखि २५ वर्ष उमेर समुहका युवाहरु छन् ।

यसअघि मादक पदार्थ सेवन गरी होहल्ला गर्नेहरुलाई यस खालको कारवाही हुँदैनथ्यो । सामान्य प्रकृतिका मापसेलाई पनि कारवाही हुन थालेपछि समाजमा हुने झै-झगडामा कमी आउन थालेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment