Comments Add Comment

चरित्रकुमारको खुकुरीले छिनेको हात जोडियो

Charitra-Kumar

२० साउन, काठमाडौं । खोटाङका एक युवकको छिनेको हात सफलतापूर्वक जोडिएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरूको टोलीले खोटाङका ३४ वर्षिय चरित्र कुमार तामाङको खुकुरीले छिनेको हात जोडेका हुन् ।

तामाङको हात गत बुधवार काटिएको थियो । डाक्टरहरुको संयुक्त टोलीको दश घन्टाको अथक प्रयास पछि सफलतापूर्वक सम्पन्न भएको अस्पताल स्रोतले जनाएको छ ।

शल्यकृयामा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट भाष्कुलर सर्जन डा. उत्तम कृष्ण श्रेष्ठ, प्लाष्टिक सर्जनहरु डा. जयन मान श्रेष्ठ र डा. ज्योती रायमाझी , अर्थोपेडिक सर्जन डा. भाष्कर राज पन्त र एनेस्थेसियोलोजिष्ट डाक्टरहरु डा. मुरारी राज उप्रेती र डा. अर्चन अधिकारी सहभागी थिए ।

शल्यकृयापछिको चौथौं दिनदेखि नै तामाङले राहत महसुश गरेको र उनको घाउ पनि निको हुँदै गएको छ । उनको नाडिको चाल र हातको सेन्सेसन आउन समय लाग्नसक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।

शल्यकृयापछि तामाङले आफ्नो देब्रेहात आफ्नो नभएर ग्रान्डी अस्पतालको भएको प्रतिकृया दिएका छन् । उनलार्इ गत बुधवार मध्यान्ह खोटाङवाट हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी अस्पतालमा ल्यार्इ तत्काल उपचार थालिएको थियो ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यस अघि पनि तीनवटा यस्तै प्रकृतिको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

ग्रान्डी अस्पतालमा  २४ सै घण्टा बिशेषज्ञ डाक्टरहरु सहित उपलब्ध इमरजेन्सी सेवा र एउटै छानामूनी बिभिन्न बिधाका बिशेषज्ञ चिकित्सकहरुको उपलब्धताले यस किसिमका जटिल समस्याको उपचार समेत सम्भव भएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment