Comments Add Comment

४६ घण्टा बर्थडे मनाएर विश्वकिर्तिमान, यसरी हुँदोरहेछ सम्भव

आफ्ना जन्मदिन वा बर्थडे कति लामो समयको होला । अवश्य पनि बढिमा २४ घण्टा । किनकी आफु जन्मिएको दिन अर्थात् एक दिनमा २४ घण्टा मात्र हुन्छ ।
Sven-Hagemeier
तर जर्मनीका एक जना मानिसले भने ४६ घण्टासम्म जन्मदिन मनाएर विश्वकिर्तिमान कायम गरेका छन् ।
आखिर बर्थडे भन्दै १० दिनसम्म पार्टी गरेपनि मानिसको जन्मदिन त एक दिन न हो । ४६ घण्टासम्म जन्मदिन मनाउनुको के अर्थ ? भन्नुहोला ।

तर ती मानिसको जन्मदिन भने वास्तवमा केवल २४ घण्टा होइन ४६ घण्टा लम्बियो । एक दिनमा २४ घण्टाभन्दा बढि नहुने तर बर्थडे ४६ घण्टा कसरी हुने ? भन्नुहोला । आखिर जन्मदिनको दिन पृथ्वीको एउटा गोलार्धबाट अर्को गोलार्धमा गएपछि जन्मदिन नै यसरी झण्डै दुइ दिनको हुँदो रहेछ ।

हो जर्मनीका स्भेन हेजेमेयर नामका व्यक्तिले अगष्ट ४ मा पर्ने आफ्नो बर्थडेका अवसरमा न्युजिल्याण्डको अकल्याण्ड बाट अस्ट्रेलियाको ब्रेसबन हुँदै अमेरिकाको होनोलुलु पुगे । उनी अकल्याण्डबाट ४ अगष्टमा जहाज चढेका थिए र अस्ट्रेलिया हुँदै अमेरिका पुग्दा पनि अगष्ट ४ नै थियो । तर अकल्याण्डबाट होनोलुलु पुग्दासम्म ४६ घण्टा लागेको थियो उनलाई ।

यसरी पृथ्वीको ‘टाइम जोन’ नै पार गरेर सबैभन्दा लामो जन्मदिन मनाउने स्भेनले गत वर्षको आफ्नो जन्मदिनका क्रममा यस्तो किर्तिमान कायम गरेका हुन् र हालैमात्र गिनिज बुकले उनलाई यस्तो किर्तिमानी प्रमाणपत्र प्रदान गरेको हो ।

उनले हवाइको होनोलुलुमा ओर्लिलगत्तै गत वर्ष भव्य पार्टी गरेका थिए । तर यो पटक भने उनले आफ्नो जर्मनीस्थित घरमा सामान्य रुपमै बर्थडे मनाएका छन् ।

स्भेनले सबैभन्दा लामो जन्मदिन मनाउने क्रममा यसअघि पाकिस्तानको कराँचीका नर्गिस भिमजीले राखेको किर्तिमान भंग गरेका हुन् । भिमजीले सन् १९९८ को जुनमा आफ्नो जन्मदिनको अवसरमा कराँचीबाट सिंगापुर हुँदै अमेरिकाको सनफ्रान्सिस्को पुगेर ३५ घण्टा २५ मिनेटको यात्रा गर्दै लामो जन्मदिनको किर्तिमान कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment