+
+
Shares

सप्तरीको भारदहमा प्रहरीको गोली लागेर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १३:४०

१ भदौ, राजविराज । सीमांकनको विरोधमा भइरहेको अन्दोलनका क्रममा सप्तरीको भारदहमा मंगलबार विहान प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

Rajiv-kumar-Rautघटनापछि सप्तरी तनावग्रस्त बनेको छ भने साँझ ४ बजेबाट स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । तराई मधेसका अन्य जिल्लाहरुमा पनि प्रहरी र आन्दोलनकारीबीच झडपका घटना भएका छन् ।

सप्तरीको भारदह सोमबार साँझबाटै तनावग्रस्त थियो । पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेर सडकमै बसेका आन्दोलनकारीले प्रहरीको गाडी तोडफोड गरेपछि सोमबार राति नै झडप भएको थियो ।

तर, मंगलबार हिंसात्मक रुप लिएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर भारदह­१ बस्ने राजिव कुमार राउतको मृत्यु भएको छ । उनी इलाका प्रहरी चौकी नजिकै केराको ब्यापार गर्थे । तीन वर्ष अघि मात्र विवाह गरेका उनले दुई छोरा छन् ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएका छन् । उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइररहेको छ ।

प्रर्दशनकारीहरुले गाडी स्कर्टिङमा अवरोध पुर्‍याई भारदह प्रहरी चौकीमा ढुंगामुढा र प्रहरीको भ्यानमा पेट्रोल बम प्रहार गरी आगजनी गरेपछि झडप भएको थियो । भारदहका डीएसपी नारायण चिमौरियाले आन्दोलनकारीले नै प्रहरी कार्यालयलाई लक्षित गरेर फायरिङ गरेको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले पनि प्रहरी चौकीमा अन्धाधुन्ध आक्रमण गरेपछि प्रहरीले बाध्य भएर गोली चलाएको बताएका छन् ।

तर, आन्दोलनकारीले भने प्रहरीमाथि फायरिङ गरेको प्रहरी प्रशासनको दाबी अस्वीकार गरेका छन् । सद्भावना पार्टीका महासचिव मनिष सुमनले प्रहरीले विहानै आएर आन्दोलनकारीले कुटपिट गर्न थालेपछि झडप भएको र अन्धाधुन्ध गोली हानेको बताएका छन् ।

Saptari-Protest

प्रहरीको गोली लागेर आन्दोलनकारी मारिएपछि सप्तरीमा दिनभर तनाव भयो । आन्दोलनकारीले गोली हान्ने प्रहरीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

थप झडप हुनसक्ने भन्दै स्थानीय प्रशासनले मंगलबार अपरान्ह ४ बजेदेखि बुधबार विहान ५ बजेसम्म भारदह क्षेत्रमा कर्फ्यु लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले भारदह क्षेत्रको चार किल्ला क्षेत्रमा धर्ना, जुलुस, भेला, र्‍याली वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवका अनुसार निषेधित क्षेत्रका बासिन्दालाई घरबाहिर ननिस्कन, सवारी साधन नचलाउन र बाहिर हिँडडुल नगर्न भनिएको छ ।

सप्तरी घटनाका कारण मधेसका अन्य जिल्लाहरुमा पनि आन्दोलन हिंसात्मक बन्ने खतरा देखिएको छ । सिराहाको मिर्चैयामा झडप भएको छ भने आन्दोलनकारीले प्रहरी कार्यालय घेराउ गरेका छन् ।

कपिलवस्तुमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?