७ भदौ, काठमाडौं । ‘बौद्धिक चोर’ को आरोप लागेका प्रा. डा. तीर्थ खनियाँ त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं कुलपति सुशील कोइरालाले सोमबार खनियाँलार्इ त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् ।
खनियाँमाथि आफूले लेखेको आर्टिकलमा अर्काको हुबहु सार्ने र वौद्धिक चोरी गर्ने गरेको आरोप लागेको छ ।
खनियाँलार्इ उपकुलपतिमा सिफारिस गरेपछि उनले ९ वर्षअघि गरेको वौद्धिक चोरीको प्रशंग फेरि एकपटक सतहमा आएको थियो ।
यस्तै नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा भूषण श्रेष्ठलाई नियुक्ति भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
विश्वविद्यालय भने अझै उपकुलपतिविहीन छन् ।
यो पनि पढ्नुस्
‘बौद्धिक चोर’ नै त्रिविको उपकुलपति बन्न लागेपछि !
प्रतिक्रिया 4