+
+

कैलालीमा कर्फ्यू तोड्न खोज्नेमाथि गोली प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते १५:१०

१० भदौ, काठमाडौं । कैलालीको दुर्गौलीमा कर्फ्यू अवज्ञा गर्दै मोटरसाइकल चलाएपछि प्रहरीले गोली हानेको छ ।

गोली लागेर एक जना घाइते भएका छन् । कर्फ्यू लागेको क्षेत्रमा मोटरसाइकल चलाएको र सशस्त्र प्रहरीले रोक्न खोज्दा नमानेकाले गोली हानिएको प्रहरीले जनाएको छ ।

गोली लागेर मोटरसाइकल चालक जगत देवकोटा घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ र टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल पछाडि बसेका अर्को व्यक्तिलाई भने केही भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?