+
+
Shares

रोल्पा दुर्घटना : श्रीमान् श्रीमतीसहित ३ जनाको मृत्यु

माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान एमएच १४ टीसीजे ४७१ अस्थायी नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा २१ जेठ बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा दाङका चालक वीरबहादुर चौधरी तथा यात्रुद्वय जीउधन चौधरी र कमला चौधरी रहेको प्रहरीले जनाएको छ ।
  • निर्माण सामग्री बोकेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

२१ जेठ रोल्पा । रोल्पामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान एमएच १४ टीसीजे ४७१ अस्थायी नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा चालक दाङको घोराही उपमहानगरपालिका-७ देसाहीका वीरबहादुर चौधरी, गाडीमा सवार दाङको दगिशरण गाउँपालिका-७ श्रीगाँउ घर भई हाल घोराही उपमहानगरपालिका-१४ बस्ने जीउधन चौधरी र उनकी श्रीमती कमला चौधरी रहेको प्रहरीले जनाएको छ ।

जिप जस्तापाता, सिमेन्ट, प्लास्टिकको पाइपलगायत निर्माण सामग्री लिएर जाँदै गर्दा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?