+
+
Shares

गोरखामा ‘गबारो’ र ‘नेक ब्लास्ट’ को प्रकोपले चैते धान सखाप

भित्र्याउने बेला भएको अधिकांश धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १५:०९

२१ जेठ, गोरखा । जिल्लामा खेती गरिएको चैते धान ‘गबारो’ र ‘नेक ब्लास्ट’ नामक रोगको प्रकोपले नष्ट गरेको छ । भित्र्याउने बेला भएको अधिकांश धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।

‘बाला झुलेर लगभग भित्र्याउने बेला भएको थियो,’ कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले भने, ‘एक्कासी रोग लागेर सखाप बनायो ।’ पाँच दिनको अन्तरालमा करिव शतप्रतिशत बालीमा क्षति पुर्‍याएको उनले बताए ।

उनका अनुसार यो वर्ष गोरखा, सिरानचोक, पालुङटार लगायतका पालिकाका करिव तीन हजार रोपनी क्षेत्रफलमा चैते धान लगाइएको थियो । खेती भएका अधिकांश ठाउँमा यो रोग फैलिएको छ । भित्र्याउने बेला भएको धानवाली नष्ट भएपछि किसानहरू चिन्तित छन् ।

‘यो रोग लागेपछि धानको बालामा दानाको सट्टा भुस मात्र हुनेरहेछ । अधिकांश खेतीमा यही समस्या देखिएको छ,’ उनले भने । प्रदेश कृषि प्रयोगशाला पोखराबाट प्राविधिक टोलीले खेतीको स्थलगत अध्ययन समेत गरिसकेको उनले बताए ।

नेक ब्लास्ट र गबारो रोग रहेको प्रारम्भिक अनुमान टोलिले गरेको छ । परीक्षणको लागि नमुना संकलन गरेर प्रयोगशाला लगिएको छ ।

कार्यालयका अनुसार यसअघि गबारोले करिव २५ देखि ३० प्रतिशत खेति मात्र नोक्सान गर्थ्याे । तर यसपटक गबारोसँगै नेक ब्लास्ट रोगको प्रकोपले शतप्रतिशत बाली नष्ट गरेको पौडेलले बताए । रोकथामका लागि बिषादी वितरण गरेपनि नियन्त्रण नभएको उनले जानकारी दिए । ‘छोटो समयमा धेरै रोग फैलिएको छ, रोकथाम गर्न समस्या छ,’ उनले भने ।

विगत तीन वर्षदेखि गण्डकी प्रदेश सरकारले चैते धान खेतीलाई पाइलट प्रोजेक्टको रूपमा गोरखामा लागु गर्दै आएको छ ।

राष्ट्रिय कृषि आधुनिकिकरण परियोजनाको धान जोन क्षेत्रमा समेत पर्ने ठाउँहरूमा रोगको प्रकोप देखिएको हो ।

उक्त रोग बर्खे धानमा समेत फैलिने जोखिम रहेकाले समयमै त्यसको नियन्त्रण हुनुपर्ने कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?