+
+

लेबनानको सरकार विरोधी प्रदर्शनमा हजारौं सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १३ गते ८:३३

Lebnan1
१३ भदौ, काठमाडौं । लेबनानको राजधानी बेरुतमा हजारौं मानिस सरकार विरोधी प्रदर्शनमा सहभागी भएका छन् ।

भ्रष्टाचार अन्त्य र ‘निश्क्रिय भइसकेका राजनीतिक व्यवस्था’ विरुद्ध मानिसहरु सडकमा आएका हुन् ।

बेरुतको सहिद चोकमा जम्मा भएका प्रदर्शनकारीको हातमा राष्ट्रिय झण्डा थियो तर, कुनै पनि राजनीतिक पार्टीको ब्यानर देखिएन ।

Lebnan2

प्रदर्शनकारीले आफूलाई राजनीतिक दलविरोधी शक्तिका रुपमा स्थापित गर्ने प्रयास गरेको बीबीसीले जनाएको छ । यो प्रदर्शन यस्तो समयमा भएको छ, बेरुतको सडकमा जम्मा भएको फोहोरलाई लिएर मानिसहरु आक्रोसित छन् ।

गत साता भएको एक र्‍यालीमा प्रहरीले बल प्रयोग गरेको थियो । तर, त्यसलाई लिएर गृहमन्त्रीविरुद्ध कारबाहीको माग पनि भएको छ ।
सडकमा किन उत्रिएको भन्ने समाचार एजेन्सी एएफपीको प्रश्नमा प्रदर्शनकारी मध्येका एकले भने-àपुरा देश फोहोर भएको छ ।’

प्रदर्शनका थप तस्वीर हेर्नुहोस्

Lebnan4

Lebnan5

Lebnan6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?