+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यी हुन् वर्षका उत्कृष्ट जंगली तस्वीरहरु (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १७ गते ९:०९

वाइल्डलाइफ फोटोग्राफर अफ दी इयर, २०१५ का फाइनालिस्टको सूचि सार्वजनिक भएको छ । वन्यजन्तु फोटोग्राफीमा रुची राख्ने व्यवसायिक तथा एमेच्योर फोटोग्राफरहरुको विश्वस्तरीय प्रतियोगिताका लागि ९६ देशबाट ४२ हजारवटा तस्वीर प्राप्त भएकोमा ती मध्येबाट उत्कृष्ट १ सय वटा फाइनालिस्ट तस्वीरहरु छनोट भएका छन् ।

बेलायतको नेसनल हिस्ट्री म्युजियममा सयवटै तस्वीरहरु प्रदर्शनीमा राखिनेछ । आगामी अक्टोबर १३ मा प्रतियोगिताको विजेताको घोषणा हुनेछ ।

विश्व वाइल्डलाइफ फोटोग्राफीका फाइनालिस्ट तस्वीरहरु यस्ता छन्

Komodo dragons1
१. इण्डोनेसियाको कोमोदो राष्टिय निकुन्जमा फोटोग्राफर एन्ड्री गुडकोभले कोमोदो जातको भिमकाय छेपारोका दुइ भालेहरु एक आपसमा अंकमाल गरेजस्तो गरी भिड्न थालेको यो अद्धितीय तस्वीर खिच्न भ्याए ।
Carlos Preez Naval2
२. अमेरिकाको क्यालिफोर्नियास्थित मोरो बे तटिय क्षेत्रमा पानी खानका लागि मौका हेरिरहेको लोखर्के । नजिकै रहेको सिकारी चराको आक्रमणबाट जोगिएर पानी पिउने मौका पर्खिरहेको भएपनि अन्ततः चराले आफ्नो तिखो चुच्चोले प्रहार गर्ने मनसुवा देखाएपछि लोखकै प्यास नमेटाइ फर्किन बाध्य भयो । यो तस्वीर फोटोग्राफर कार्लोसले खिचेका हुन् ।
Elephent and zebra3
३. नामिबियाको इटोशा राष्टिय निकुञ्जमा हात्तिका बथान । एउटा हात्तिको जिउले यस्तो फोटो फ्रेम बनाएको छ की उतापटि्ट रहेको हात्ति साँच्चीकै क्यानभासको ब्लाक एण्ड ह्वाइट तस्वीर जस्तो लाग्छ ।
Bird4
४. हंगेरीको दानुबे नदीको सिमसार क्षेत्रमा रहेका बकुल्लाहरुको बथान
Small Bird 5
५. प्याटागोनियाको हिमाली क्षेत्रमा हिउँले ढाकिएको रुखमा बसेको सानो चरी
Gorilla_care6
६. कगोको भिरुंगा नेसनल पार्कमा एक घाइते पोथी गोरिल्लाको उपचार गर्दै पशु डाक्टरहरु र झ्यालबाट चियाउँदै भाले गोरिल्ला ।
Rabbit7
७. स्कटल्याण्डको पर्वतीय क्षेत्रमा जिउमा हिउँले सेताम्मे भएको एक जंगली खरायो
Fish8
८. दक्षिण अफ्रिकाको डर्बान नजिकैको समुद्रमा सार्क माछासँगै पौडिएका एक सर्फर ।
Fabien Michenet9
९.  फ्रेन्च पोलीनेसियाको टाहिटी तटिय क्षेत्रस्थित समुद्रको गहिराइमा चम्किएको बच्चा अक्टोपस
Next 10
१० . स्पेनको क्यासेरेसस्थित भोस्टेल माल्पार्टिडा संग्राहलय बाहिर रहेको एक कलाकृतिमा गुँड लगाएर बसेका फिरन्ते चराहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?