+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
82/2 (11.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

राप्रपा विवाद : सुनिल थापालाई मन्त्रीबाट हटाउने राणा पक्षको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २० गते १५:०२

२० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पशुपति शमसेर राणा पक्षले आपूर्तिमन्त्रीबाट सुनिलबहादुर थापालाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

लोकेन्द्रबहादुर चन्द पक्षले राणालाई अपदस्थ गरेको घोषणा गरेपछि राणा पक्षको आपत्तिकालीन बैठक बसेको थियो । बैठकले चन्द पक्षमा लागेको भन्दै मन्त्री थापालाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको सहायक महामन्त्री भुवन पाठकले जानकारी दिए ।

उनका अनुसार बैठकले १६ जना मनोनित केन्द्रीय सदस्यलाई निस्कासन गरेको छ । मनोनितलाई अध्यक्षले हटाउन सक्ने प्रावधान छ ।

राणा पक्षले आफ्नो पक्षमा बहुमत भएको दाबी गरेको छ । साथै चन्द पक्षले भने जस्तो राणालाई अपदस्थ गर्न नसक्ने बताएको छ । हाम्रो विधानमा अध्यक्षलाई हटाउने केही बैधानिक बाटो छ  । जसमा उहाँले राजीनामा दिएमा, अविश्वासको प्रस्ताव पास भएमा वा उहाँको मृत्यु भएमा’ पाठकले भने ।

चन्द्र पक्षले राजनीतिक प्रोपागाण्डा मात्र गरेको राणा पक्षले बताएको छ । ‘पहिले पनि चन्द्रजीले माला लगाएर कुर्सीमा बस्नु भएकै हो’ पाठकले भने-‘उहाँहरुसँग बहुमत छैन । जो-जो सदस्यको नाम छ, उनीहरु काठमाडौंमा छैनन् र कतिपयको गलत हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?