Comments Add Comment

मधेसका नेताहरु आन्दोलनको नाममा जमिन्दार बन्न खोजेेः मातृका यादव

रामकुमार श्रेष्ठ

२१ भदौ, नवलपरासी । नेकपा (माओवादी)का संयोजक मातृका यादवले मधेसका नेताहरु आन्दोलनको नाममा जमिन्दार बन्न खोजेको आरोप लगाएका छन् ।

matrika yadav_1संघीय मधेसी मोर्चा नवलपरासीको विरोध सभालाई सम्बोधन गर्न परासी आएका यादवले पत्रकारहरुसँग कुराकानी गर्दै उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्र यादव मधेसको ठेक्का लिए जसरी मधेसीमाथि शासन गर्न जमिन्दार बन्ने दाउमा रहेको दावी गरे ।

सुशील कोइराला, केपी ओली र प्रचण्ड नयाँ राजाको अवतार भएको उनको आरोप छ ।

नकेपा (माओवादी)का संयोजक मातृका यादवले नयाँ संविधान जारी हुनै नसक्ने र जारी भए पनि लागू हुन नसक्ने ठोकुवा गरे ।

पत्रकार सम्मेलनमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसको आन्दोलनलाई वेवास्ता गरिएकाले अव आन्दोलन झन् सशक्त हुने चेतावनी दिए । सेना परिचालन र मधेसीलाई दमन गरी ल्याएको संविधान कुनै हालतमा लागू हुन नसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment