+
+

शुक्रबारदेखि फेरि आमरण अनसन बस्ने डा. केसीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २२ गते १७:३८

२२ भदौ, काठमाडौं । हालै आमरण अनसन तोडेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले फेरि अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

अनशन तोड्ने क्रममा गरिएको ११ बुँदे सहमति सोमवारको मन्त्रिपरिषद बैठकबाट पारित नगरेको भन्दै उनले आउँदो शुक्रबारदेखि फेरि आमरण अनसन सुरु गर्ने चेतावनी दिएका हुन् ।

केसीले मंगलबार निकालेको विज्ञप्तिमा सहमति पारित गरेर सिट, शुल्क र मेरिटमा भर्नासम्बन्धी बुँदा कार्यान्वयनका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिन र चिकित्सा शिक्षा आयोग गठन गर्न माग गरेका छन् । अन्यथा आउँदो शुक्रवारदेखि पुनः आमरण अनशन बस्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘भ्रष्ट, अपराधी र माफियाले प्रधानमन्त्री लगायत मन्त्रीमण्डललाई नै खरीद गरेका हुन् वा तिनको डरले आम मानिसको हितमा एउटा कदम पनि राज्यले उठाउन सक्दैन भने त्यो दुर्भाग्यपूर्ण अवस्था अन्त गर्न हामी सबै आ-आफ्नो ठाउँबाट लाग्नैपर्ने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?