Comments Add Comment

ओस्कारमा छानियो टलकजंग भर्सेज टुल्के

Talak-jungकाठमाडौं । नेपालको तर्फवाट ओस्कार अवार्डमा चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ले प्रतिस्पर्धा गर्ने भएको छ । ओस्कार अवार्ड विदेशी भाषा फिल्म छनोट समिति नेपालले ‘टलकजंग भर्सेज टुल्के’लाई पठाउने निर्णय गरेको हो ।

ओस्कार अवार्डको ८८ औं संस्करणको प्रतिस्पर्धाका लागि टुल्केसहित सुनपानी, निशानी र भीमदत्तले आवेदन दिएका थिए । ती मध्ये समितीले ‘टलकजंग भर्सेज टुल्के’लाई योग्य ठहर्‍याएको छ ।

२०७१ असोज १५ देखि २०७२ भदौ १४ सम्म रिलिज भएका फिल्मले ओस्कार अवार्डका लागि आवेदन दिन पाउने नियम थियो । ती मध्ये चार चलचित्रले मात्रै ओस्कार छनौटमा रुची देखाएका थिए ।

निश्चल बस्नेत निर्देशित चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ले द्धन्द्धको पृष्ठभूमीमा पिल्सन वाध्य एक सर्वसाधारणको कथा प्रस्तुत गर्छ । उक्त चलचित्रमा दयाहाङ राई, ऋचा शर्मा, खगेन्द्र लामिछाने, सशांक मैनाली, रबिन्द्र सिंह बानिया लगायतका कलाकारले अभिनय गरेका छन् ।

गत वर्ष यादब भट्टराई निर्देशित ‘झोला’ प्रतिस्पर्धामा छानिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment