Comments Add Comment

आइतबारका टप १० समाचारः नयाँ संविधानदेखि ड्रागनको दाँतसम्म

आज आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. अब नयाँ संविधान कति दिनमा आउँछ ?

Ca-Meet

संविधानसभा आइतबार साँझबाट मतदान प्रक्रियामा प्रवेश गरेको छ । संविधानसभामा प्रक्रिया भटाभटी अघि बढ्न थालेपछि नयाँ संविधान कहिले जारी हुन्छ भन्ने धेरैको मनमा कौतुहल जागेको छ ।

२. जोन अस्टिन जस्ता सिटौला, सेभेग्नी जस्ता बाबुराम !

संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुग्नै लाग्दा नेपाली राजनीतिमा दुईवटा सिद्धान्तवीच टकराव देखिएको छ : एउटा-अल्पमत पक्षको असन्तुष्टिलाई ‘क्रस’ गर्दै अगाडि जानुपर्छ । र, दोस्रो- असन्तुष्ट पक्षको आवाजलाई सम्बोधन नगरी राज्य अगाडि बढ्नुहुँदैन भन्ने विचार ।

३. प्रधानमन्त्रीको प्रश्न- मुलुकमा आगो लगाउने ?

प्रधानमन्त्री सुशील कोइरालाले अन्तिमसम्म आन्दोलनरत पक्षलाई वार्तामा ल्याउने प्रयास गरे । तर, अपेक्षा अनुसार सफल भएनन् । संविधानसभामा मतदान सुरु भएपछि कोइरालाले अब संविधान जलाउने धम्की नदिन चुनौती दिएका छन् ।

४. गृहमन्त्री र एमाओवादी सभासदबीच चर्काचर्की

एमाओवादीका तराई मधेसका सभासदहरु मधेसमा भइरहेको आन्दोलनमा राज्यले दमन गरेको निष्कर्षमा पुगेका छन् । यसबारे ध्यानाकर्षण गराउन गृह मन्त्रालय पुगेका सभासद र गृहमन्त्रीबीच चर्काचर्की भएको छ ।

५. एमाओवादीलाई संविधान, ड्रागनको दाँत रोप्दा उपियाँ फले जस्तो

एमाओवादी अध्यक्ष अहिले संविधान जारी गर्न पूर्ण रुपमा लागेका छन् । आफ्नो एजेण्डामा सम्झौता गरेर भएपनि । तर, उनले यो संविधान आफूहरुका लागि ड्रागनको दाँत रोप्दा उपियाँ फले जस्तो भएको टिप्पणी गरेका छन् ।

६. आँधी आउन लागेको दूरद्रष्टाले पहिल्यै देख्छः बाबुराम

विभिन्न जाति र समुदायलाई अधिकार नदिए मुलुकको अखण्डता जोगाउन गाह्रो हुने अभिव्यक्ति दिएपछि एमाओजवादी नेता डा. बाबुराम भट्टराईमाथि विभिन्न कोणबाट आरोप लाग्न थालेको छ । तर, किन देश टुक्रन सक्ने अभिव्यक्ति दिएको भन्ने प्रश्नमा भट्टराईको जवाफ छ, दूरद्रष्टाले पहिल्यै देख्छ नि ।

७ कमल थापा भन्छन्- विदेशीको लहैलहैमा लाग्दा यस्तो भयो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभा बैठकलाई सम्बोधन गर्दा एमाओवादी नेता डा. बाबुराम भट्टराई र कांग्रेस नेता गगन थापाको नाम उच्चारण गरे । भट्टराई र गगन दुबैले मुलुक संकटमा पर्दैछ भनेर गरेको विश्लेषण उधृत गर्दै थापाले विदेशीको लहैलहैमा लाग्दा यस्तो भएको बताए ।

८. माग्ने बुढाको अग्रेजी सुनेर युरोपियन ट्वाँ

magne buda

काँचको पर्दामा होस् वा स्टेज कार्यक्रममा नै होस्, माग्ने बुढाको गेटअप गरिबी झल्काउने हुन्छ । उनको बोली पनि झर्रो नेपाली पाराको । तर, उनले आफ्नो अंग्रेजी भने फरर रहेको बताए । उनले २०५३ सालमा नै अंग्रेजी भाषामा सातौं लेभल टप गरेका रहेछन् ।

९. कुन विकास बैंकको चुक्ता पुँजी कति ?

नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तभित्र बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी बढाउनु पर्ने नीति ल्याएको छ र उसले वित्तीय क्षेत्रमा लगानी गर्ने प्रवर्द्धकहरुले ठूलै भूँइचालो महसुस गरेका छन् ।

१०. नातिको कात्रो किन्न हिँडेका हजुरबा पनि रहेनन् !

जलेश्वर बज्राहीका गणेश चौधरी आन्दोलनकारी होइनन् । आन्दोलनका क्रममा प्रहरीले होनको गोली लागेर मृत्यु भएका नातिको काजकिरियाका लागि सामान किन्न निस्कँदा लोकतान्त्रिक भनेको सरकारका सुरक्षाकर्मीबाट चलाएको गोलीको शिकार भए ।

र, यो पनि

कुकुरसँग सुत्न नपाएपछि श्रीमती माइत हिँडिन्

जनावरसँग मानिसको मित्रता तथा लगाव समान्य हो । तर, त्यो लगावले सीमा नाध्यो भने मानिसको जीवन नै भावित हुन्छ । भारतको बैंग्लोरमा यस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment