+
+
Shares

पार्वती र शंकर उत्कृष्ट, अञ्जु र राजुको स्वरमा तात्यो स्टेज(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १९:२१

misic award (7)
‘चौथो म्यूजिक खबर म्यूजिक अवार्ड’ काठमाण्डौमा सम्पन्न भएको छ । ३१ वटा विधामा प्रदान गरिएको अवार्डमा कलाकारको प्रस्तुतीले पनि मनोरञ्जन दिएको थियो । अवार्ड समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत विधामा माधव खरेलले मेरो देशका झण्डा बोलको गीतबाट अवार्ड जिते । यस्तै, पप गायन पुरुषतर्फ माया बस्यो गीतबाट कृष्ण कार्कीले अवार्ड जित्दै गर्दा महिलातर्फ एन्जिला रेग्मीले पिरतीको गोलीबाट अवार्ड पाइन् ।

पप संगीतकार विधामा दिपक शर्माले माया बस्यो गीतबाट अवार्ड जित्दा नवप्रतिभा लोकदोहोरीको अवार्ड संझना भण्डारी र सञ्जय फ्राउनफेल्डरको पोल्टामा गयो । लोकदोहोरी महिला मोडलको अवार्ड पार्वती राई, लोकदोहोरी मोडल पुरुषको अवार्ड नारायण ढकाल, लोकदोहोरी निर्देशकको अवार्ड शंकर वीसी, लोकदोहोरी शब्दको अवार्ड रमेश वीजी, लोकदोहोरी गायिकाको अवार्ड मुना थापामगर, लोकदोहोरी गायकको अवार्ड बद्री पंगेनी, लोकगीतको अवार्ड राजु परियारले प्राप्त गरे । misic award (4)
चलचित्र गीतकारतर्फ भने डाक्टर कृष्णहरी बरालले चलचित्र ‘कोहिनुर’को शिर्ष गीतबाट प्राप्त गरे । यस्तै, पाश्र्व गायिकातर्फ माण्डवी त्रिपाठीले चलचित्र ‘लज्जा’को ‘मात लाग्यो’ बोलको गीतबाट अवार्ड पाउँदा पाश्र्व गायकतर्फ भने युवराज चौलागाइले चलचित्र ‘नोभेम्बर रेन’को ‘तिमीलाई म के भनु’ बोलको गीतबाट अवार्ड चुमे । चलचित्र संगीतकार विधामा अर्जुन पोख्रेलले ‘स्टुपिड मन’को ‘तिम्रो आँखामा’ बोलको गीतबाट पाए । गजल विधामा ‘साउनको भेलजस्तो’ बोलको गीतबाट डब्बु क्षेत्रीले अवार्ड पाए । misic award (1)

कार्यक्रममा लोक गायक राजु परियार लामो समयपछि स्टेजमा झुल्किए । उनले गीत गाउँदा माहोल तातेको थियो । गायिका अञ्जु पन्तले आफ्नो चर्चित गीतहरु गाएकी थिइन् । मोडल तथा निर्देशक शंकर वीसीले चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’ बोलको गीतमा नृत्य गरे । गायक आनन्द कार्कीले आफ्नो सार्वजनिक हुन लागेको ‘तिमीसँग आउँदैछु’ बोलको गीत गाएका थिए ।

यस्तै, ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’ पत्रकार कृष्ण भट्टराइलाई नगद ५ हजार ५ सय ५५ सहित प्रदान गरियो । ‘पब्लिक च्वाइस अवार्ड’ संगीतकार विकास चौधरीले ‘बब्ली तिम्रो जोवन’ गीतबाट पाए । जुरी अवार्ड राजन ठकुरीले प्राप्त गर्दै गर्दा रेवत राइलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो । misic award (5)
बाल प्रोत्साहन पुरस्कार विश्वकै कान्छा निर्देशक सौगात बिष्ट र गायिका दर्शना महर्जनलाई प्रदान गरिएको थियो । म्यूजिक खबर डायस्पोरा संगीत सम्मान कुमार पुनले प्राप्त गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुमन बैरागीले नेपाली संगीतको विकास र उत्थानका लागि आफूहरुले इट्टा थप्ने काम गरेको बताए ।argun-pokheral krishna-bhattraisaugat-samman

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?