Comments Add Comment

शंकर समुहद्धारा टिभीएस मोटरसाइकल बिक्री सुभारम्भ

२९ भदौ, काठमाडौं । मुलुकको चर्चित व्यवसायीक घरना शंकर समुहले नेपालमा टिभीएस मोटरसाइकल बिक्री सुभारम्भ गरेको छ । समुहले सोमबारदेखि टिभीएस मोटरसाइकल आधिकारिक रुपमा बिक्री सुरु गरेको हो ।

सोमबार साँझ राजधानीमा भव्य समारोह आयोजना गरी शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स र टिभीएस मोटर्सबीच आधिकारिक सहकार्यको घोषणा गरियो । यसअघि चौधरी समुहको सिजी मोटोकोर्पले टिभीएस मोटरसाइकल बिक्री वितरण गर्दै आएको थियो ।

TVS

जगदम्बाले नेपालमा टिभीएस मोटरसाइकलको आक्रमक बजार विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले डिलरसीप लिएको पहिलो वर्ष नै टिभीएसको बजार हिस्सा १२ देखि १५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

‘आर्थिक वर्ष २०१५/०१६ मा करिव १५ हजारको हाराहारीमा टिभीएस मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने लक्ष्य राखेका छौं’ कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भने- ‘हामी टिभीएसको बजार हिस्सा बढाउन आक्रमक विस्तारमा लाग्छौं ।’

टिभीएसको बिक्री सुभारम्भसँगै कम्पनीले काठमाडौं उपत्यकामा ९ वटा सुविधा सम्पन्न शो-रुम एकैदिन खोलेको छ । नेपालमा कुनै पनि ब्रान्डको एकैदिनमा ९ वटा शो-रुम खुलेको सम्भवतः पहिलो पटक होला । जगदम्बाले मोटरसाइकल र्‍यालीमार्फत शो-रुम अनावरण गरेको थियो ।

कम्पनीले बिक्री सुरु गरेको एक वर्षभित्रमा देशभर टिभीएसका ८५ शाखा विस्तार गरेर सेल्स, सर्भिस तथा स्पेयर पार्टसको सुविधा प्रदान गर्ने जनाएको छ । टिभीएसको बजार प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर थ्रीएस सेवालाई विशेष जोड दिएको कम्पनीको भनाई छ ।

एकैसाथ तीन मोडल सार्वजनिक

आक्रमक बजार विस्तारको रणनीति लिएको जगदम्बाले सोमबार साँझ तीनवटा नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले दुईवटा मोटरसाइकल र एउटा स्कुटर सार्वजनिक गरेको हो ।

टिभीएसले सार्वजनिक गरेको स्टारसिटी प्लस र न्यू फिनिक्स मोटरसाइकल हुन् भने स्कुटी जेष्ट स्कुटर हो ।

स्टार सिटी प्लस ११० सीसीको बाइक हो । यसमा इकोथ्रष्ट इञ्जिन, डिजिटल डिस्प्ले, आकर्षक हेडल्याम्प र उच्चगुणस्तरीय टायर लगायतका विशेषता रहेका छन् । यसको मूल्य १ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, फिनिक्स १२५ सीसीको बाइक हो । यसमा पनि इकोथ्रष्ट इञ्जिन, डिजिटल स्पिडोमिटर, ट्युबलेस टायर, लोकेटर कि लगायतका विशेषताहरु रहेका छन् । यसको मूल्य १ लाख ७२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

स्कुटी जेष्ट ११० सीसीको स्कुटर हो । आकर्षक डिजाइनमा रहेको जेष्टको मूल्य १ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

जगदम्बाले नक्साल र टेकुमा सम्पूर्ण सुविधासहितको अत्याधुनिक सर्भिस एन्ड स्पेयर सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले टिभीएससँगको सहकार्यलाई दिगो कार्यान्वयनका लागि बाइक खरिद गर्दा ५ वर्षको वारेन्टी, नेपालभरी ‘सर्भिस अन हृवील’, ‘पार्टस् अन कल’, ‘पार्टस् अन हृवील’ जस्ता सेवा सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment