Comments Add Comment

संविधान बनेको खुसियालीमा काठमाडौंमा नेबिसंघको मोटरसाइकल र्‍याली

Motercycle-Rally-of-Nebisan
नेविसंघको मोटरसाइकलमा र्‍यालीमा सहभागीहरु । तस्वीर सौजन्य : यूपी लामिछाने

१ असोज, काठमाडौं । नयाँ संविधान बनेको खुसियाली नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस अगाडिबाट सुरु भएको र्‍याली पुतलीसडक, कमलादी, घण्टाघर, रत्नपार्क, भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर, थापाथली, माइतीघर हुँदै नयाँबानेश्वरमा आएर टुंगिएको थियो ।

र्‍याली शुभारम्भ गर्दै नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट नयाँ संविधान बन्नु सम्पूर्ण नेपालीको जित भएको बताए । संविधानसभामा रहेका ३० भन्दा धेरै दलको अभूतपूर्व एकताबाट नयाँ संविधान बनेको भन्दै उनले नेपालमा भएको यो अभ्यास विश्वकै लागि उदाहरणीय भएको बताए ।

उपप्रधानमन्त्री समेत रहेका उनले परिवर्तनका सम्वाहक हजारौं युवा विद्यार्थीहरुको बलिदानबाट नयाँ संविधान प्राप्त भएको भन्दै बिभिन्न राजनीतिक आन्दोलनमा सहिद भएकाहरुप्रति सम्मान व्यक्त गरे ।

उनले गणतन्त्र, लोकतन्त्र र विद्यार्थी हकहितका लागि आगामी दिनमा पनि नेबिसंघले अग्रमोर्चामा रहेर काम गरोस् भन्ने शुभकामना दिए ।

नयाँबानेश्वरमा मोटरसाइकल र्‍यालीलाई समापन गर्दै नेबिसंघ अध्यक्ष रञ्जित कर्णले र्‍यालीमा सहभागी सबैलाई धन्यवाद दिए ।

नेविसंघका प्रवक्ता यूपी लामिछानेका अनुसार नयाँ संविधान जारी भएको खुसियालीमा हरेक जिल्ला र कलेजहरुमा बिभिन्न खालका कार्यक्रम आयोजना हुने जानकारी दिए । खुसियाली साट्न असोज ५ गते विहान सात बजे काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा चियापान कार्यक्रम राखिएको लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment