+
+

ऋतिककै साथीसँग बिबाह गर्ने तयारीमा सुजैन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते ११:५९

Sujain khanमुम्बई । बलिउड नायक ऋतिक रोशन सन २०१४ मा श्रीमति सुजैन खानसंग सम्बन्ध बिच्छेदका कारण चर्चामा रहे । अघिल्लो वर्ष नेभेम्बरमा छुटि्टएका सुजैन र ऋतिक अहिलेसम्म सिंगल छन् । ऋतिकको अहिलेसम्म कुनै युवतिसंग नाम जोडिएको छैन भने सुजैन बिबाहको तयारीमा रहेको चर्चा छ बलिउडमा ।

उनी को साग बिबाह गर्दैछिन भन्नेमा मिडियाले सार्वजनिक नगरेपनि सुजैनको हुनेवाला श्रीमान ऋतिकको पुराना मित्र रहेको बुझिएको छ ।

ऋतिक र सुजैनको १४ वर्ष पुरानो बैबाहिक सम्बन्ध तोड्नमा ऋतिककै साथीहरुले भूमिका खेलेको हल्ला ब्यापक थियो । उनीहरुको सम्बन्ध बिच्छेद गराउनमा अर्जुन रामपालले भूमिका खेलेको आरोप समेत लागेको थियो ।

के सुजैन र अर्जुनविच पनि घरजम गर्ने हल्ला भारतीय संचारमाध्यमा उत्तिकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?