+
+

रौतहटको गरुडामा झडप, साँझबाट कर्फ्यू लाग्यो

४ भदौ, काठमाडौं । रौतहटको मध्यवर्ती क्षेत्र गरुडामा प्रहरी र आन्दोलनकारीबीच भडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् ।

स्थानीय प्रशासनले साँझ ५ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १५:२३

Rautahat

गौतम श्रेष्ठ

४ भदौ, काठमाडौं । रौतहटको मध्यवर्ती क्षेत्र गरुडामा प्रहरी र आन्दोलनकारीबीच भडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् ।

स्थानीय प्रशासनले साँझ ५ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

गरुडाको मथुर चोकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री बामदेव गौतमको पुतला जलाउनुका साथै नयाँ संविधान जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

झडपका क्रममा प्रहरीको गोली लागेर दिलिप जयसवाल, अरबिन्द राय, सिकित राय, अशोक साह, इन्द्रजित पंडित लगायत ६ जनालाई रबर बुलेटको छर्रा लागेर घाइते भएाका छन् । उनीहरुको थानीय डिके क्लिनिकमा भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले स्थित अराजक बन्दै गएपछि स्थानीय प्रशासन ऐन अनुरुप गरुडा नगरपालिकामा क्षेत्रमा कर्फ्यू लगाइएको जानकारी दिए ।

गरुडादेखि दक्षिण झाझ पुल, उत्तरमा प्रहरी विद्यालय, पश्चिममा झाझ खोला र पूर्वमा पाँच सय मिटरमा अर्को सुचना जारी नहुन्जेल सम्मका लागि कर्फ्यू लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?