५ असोज, पर्वत । संविधान जारी भएकोमा खुसी हुँदै पर्वतका गाउँगाउँमा सर्वधारणले रातभर भजनकीर्तन गरेका छन् । संविधान घोषणा भएको खुसियालीमा पर्वतका पाङ, भोर्लेलगायत गाउँ विकास समितिमा सर्वसाधारण रातभर भजनकीर्तन गरेर खुसीयाली मनाएका हुन् ।
संविधानसभाबाट संविधान बनाउने सात दशकदेखिको नेपालीको सपना पूरा भएको खुसियालीमा चौरमा बसेर रातभर भजनकीर्तन गरिएको अन्नपूर्ण पोस्टमा खबर छ । स्थानीयले दिनभर पनि भजनकीर्तन गरेका थिए ।
आइतबार साँझदेखि सोमबार बिहानसम्म निरन्तर भजनकीर्तन गरिएको भोर्लेका तोयानाथ भुसालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4