+
+

बाबुरामको अगुवाइमा नागरिक अगुवाको भेला, आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गर्न अपील

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ६ गते १७:४६

baburam Bhattrai with Nagarik Aguwa

६ असोज, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईको अगुवाइमा भएको नागरिक समाजका अगुवाहरुको भेलाले तराई मधेसमा भइरहेको आन्देालनलाई राजनीतिक रुपमा सम्बोधन गर्न अपील गरेको छ ।

भट्टराईको पहलमा भएको भेलामा दमननाथ ढुंगाना, लोकराज वराल, मल्लके सुन्दर, ओम गुरुङ, सिके लाल, कृष्ण हाछेथु, सुरज बैद्य लगायतको उपस्थिति थियो ।

भेलाले संविधान निर्माणमा सबै दलको सहभागिता नहुनु एवं उत्पीडिच समुदायको उल्लेख्य हिस्साले स्वामित्व नलिने स्थिति बन्नु चिन्ताजनक भएको निष्कर्ष निकालेको छ ।

संविधान घोषणा द्वन्द्वको विकासका रुपमा शान्ति प्रक्रियाको मुख्य राजनीतिक अंग भएको भन्दै उनीहरुले यो कार्यभार पुरा गर्ने क्रममा एउटा वा अर्को प्रक्रिया वा रुपको द्वन्द्वको वीजारोपण गर्नु गलत हुने बताएका छन् । भेलापछि जारी वक्तव्यमा भनिएको छ-‘थारु, मधेसी, जानजाति लगायतिका उत्पीडित समुदायले तराई मधेस लगायतका देशका विभिन्न भागहरुमा चलाइरहेको आन्दोलनलाई वार्ता, सम्झौता एवं सहमतिद्वारा राजनीतिक रुपमा सम्बोधन गर्न आहृवान गर्दछौं ।’

नागरिक समाजका अगुवाहरुले बल प्रयोग वा प्रशासनिक ढंगबाट यो समस्यामा समाधान नहुने बरु संकट चर्काउने चेतावनी दिएका छन् ।

यसले संविधान कार्यान्वयन चुनौतपूर्ण बहुने भन्दै समयमै सम्बोधनका लागि वार्ता थाल्न प्रमुख दलहरुलाई आग्रह गरिएको छ । साथै यसका लागि बल प्रयोग रोक्न अपील गरिएको छ ।

Nagarik-Appil

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?