+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पुँजी बढाउन ‘हैसियतले भ्याएसम्म’ बोनस सेयर घोषणा गर्दै बैंकहरु

राष्ट्र बैंकले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने घोषणा गरेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी जुटाउने तीब्र दबाब परेपछि उनीहरुले गत आर्थिक वर्षको नाफाबाट जतिसक्दो धेरै बोनस सेयरको घोषणा गरेका छन् । त्यसो त राष्ट्र बैंकले तोकिएको समयमा तोकिएको न्यूनतम चुक्ता पुँजी वृद्वि गर्ने योजना चित्त नबुझे नगद लाभांस वितरणमा रोक लगाउने चेतावनी दिइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ७ गते १६:४०

पुष्प दुलाल

७ असोज, काठमाडौं । राष्ट्र बैंकले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने घोषणा गरेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी जुटाउने तीब्र दबाब परेको छ । पुँजी बढाउनकै लागि बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको नाफाबाट हैसियतले भ्याएसम्म बोनस सेयरको घोषणा गर्न थालेका छन् ।

bonus-shareत्यसो त राष्ट्र बैंकले चुक्ता पुँजी वृद्वि गर्ने योजना चित्त नबुझे नगद लाभांस वितरणमा रोक लगाउने चेतावनी नै दिइसकेको छ ।

राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा हाल कायम रहेकोभन्दा ४ देखि २५ गुणाले बढी चुक्ता पुँजी बढाउनुपर्ने गत साउन ७ गते ल्याएको मौद्रिक नीतिमार्फत व्यवस्था गरेको थियो ।

हालसम्म दर्जन बढी बैंक तथा वित्तीय संस्थाले अाफ्नो क्षमताअनुसार अधिकतम बोनस सेयर घोषणा गरेका छन् ।  गत आर्थिक वर्षको नाफाबाट कसले कति घोषणा गरे ? हेर्नुहोस्


citizen bankगत वर्ष ७२ कारोड रुपैयाँ कमाएको सिटिजनन्स बैंकले नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् २६ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको छ । बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ८१ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । ०७४ असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ ।

sanima bankगत वर्ष ६० करोड ४० लाख रुपैयाँ कमाएको सानिमा बैंकले पनि सो नाफाबाट २६ करोड रुपैयाँ अर्थात चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयरको घोषणा गरेको छ । बोनस सेयर वितरणपश्चात यो बैंकको पनि चुक्ता पुँजी ३ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ । बिहीबर बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने निर्णय गरेको छ । हकप्रद सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ४ अर्ब ६० करोड रूपैयाँ पुग्ने प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । आगामी २ वर्षभित्र यो बैंकले पनि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन ४ अर्ब ४५ करोड रुपैयाँ थप्नुपर्ने हुन्छ ।

kailas-bikas-bank

त्यसैगरी, गत वर्ष २५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्रियस्तरको कैलाश विकास बैंकले सो नाफाबाट चुक्ता पुँजीको २४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बोेनस सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी १ अर्ब ११ रोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ८९ करोड ५४ लाख रुपैयाँ छ । यो बैंकले ०७४ असार मसान्तमा २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने हुन्छ ।

siddrtha development bank

गत वर्ष २० करोड ९४ लाख रुपैयाँ नाफा कमाएको बैंकले सो नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस येसर दिने निर्णय गरेको छ । बैंकको चुक्ता पुँजी ८४ करोड ५० ला खरुपैयाँ छ । आगामी दुई वर्षभित्र १ करोड १४ लाख रुपैयाँ पुँजी थप्नुपर्ने हुन्छ । पुँजी बढाउन यो बैंक एकता विकास बैंक र नेपाल आवास फाइनान्ससँग मर्जर प्रक्रियामा गइसकेको छ ।

om

गत वर्ष १३ करोड १ ला खरुपैयाँ नाफा कमाएको ओम फाइनान्सले गत वर्षको नाफाबाट २७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ४९ करोड ४६ लाख रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ९२ लाख रुपैयाँ छ । यो कम्पनीले २ वर्षभित्र ४१ करोड ८ लाख रुपैयाँ थप्नुपर्ने हुन्छ । बोनस सेयर र हकप्रद सेयरबाटै तोकिएको चुक्ता पुँजी पुर्याउने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्वि मल्लले जानकारी दिए ।

Kaski Finance

गत वर्ष ६ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको कास्की फाइनान्सले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । चुक्ता पुँजी २८ करोड ३५ लाख रुपैयाँ छ । यो कम्पनीले आगामी दुई वर्षभत्रि ५१ करोड ६५ लाख रुपैयाँ थप्नुपर्ने छ ।mahalaxmi finance

गत वर्ष ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको बैंकले सो नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ आगामी दुई वर्षभित्र यो कम्पनीले ३८ करोड रुपैयाँ चुक्ता पुँजी थप गर्नुपर्ने छ ।

kamana bikas bank2गत वर्ष ६ करोड रुपैयाँ नाफा कमाएको कामना विकास बैंकले गत वर्षको नाफाबाट २२.६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ छ । आगामी दुई वर्षभित्र बैंकले ९२ करोड १७ ला खरुपैयाँ थप्नुपर्ने छ ।

sindhubikas bank

गत वर्ष १ करोड ७० लाख रुपैयाँ नाफा कमाएको सिन्धु विकास बैंकले सो नाफाबाट १२.५ प्रतिश बोनस सेयर दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी १० करोड १८ लाख रुपैयाँ छ । आगामी दुई वर्षभित्र बैंकले ४९ करोड ८२ लाख रुपैयाँ पुँजी थप्नुपर्ने छ ।

tinau bikas bank

गत वर्ष ४ करोड कमाएको तिनाउ विकास बैंकले सो नाफाबाट सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी १८ करोड ५१ लाख रुपैयाँ छ । आगामी दुई वर्षभित्र बैंकले ३१ करोड ४९ लाख रुपैयाँ पुँजी थप्नुपर्नेछ ।

नारायणी नेशनल

गत वर्ष १८ करोड ३० लाख रूपैयाँ नापाफ कमाएको नारायणी  नेशनल फाइनान्सले  सो नाफाबाट ७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ६८ करोड रुपैयाँ छ । आगामी दुई वर्षभित्रमा फाइनान्सले १२ करोड रुपैयाँ थप्नुपर्ने छ ।

युनाइटेड फाइनान्स

गत वर्ष ९ करोड ९ लाख रूपैयाँ नाफा  कमाएको युनाइटेड फाइनान्सले सो नाफाबाट १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।  हाल यो कम्पनीको चुक्ता पुँजी ४० करोड ३४ लाख रूपैयाँ छ । आगामी दुर्इ वर्षभित्र यो कम्पनीले ३९ करोड ६६ लाख रूपैयाँ थप गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?