Comments Add Comment

विश्वकप छनोटको तयारीका लागि यू-१९ टोली भारत जाने

प्रिमियर लिगमा सहभागी टोली
प्रिमियर लिगमा सहभागी टोली

७ असोज, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेटको तयारीका लागि नेपाली टोेली भारत जाने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार मात्र राजु रिजालको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । टोलीमा १३ खेलाडी एसीसी पि्रमियर लिग खेलका खेलाडीहरु नै छन् भने आशिष धामीको स्थानमा कुशल भुर्तेल आएका छन् ।

मलेसियामा भएको यू-१९ मा नेपाल उपविजेता बनेको थियो । अफगानिस्तानसँग १० विकेटले हार व्यहोरेको नेपालले अन्य सबै प्रतिद्वन्द्वीलाई हराएको थियो ।

टोली घोषणा लगतै क्यान यू-१९ टीमलाई भारत पठाउने तयारीमा जुटेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको सहयोगमा नेपाली टोली पर्सी शनिबार भारत जाने भएको छ ।

क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेले अनलाइनखबरसँग भनिन्-‘२६ तारिखमा भारत जाने तय भएको छ । ७ देखि ७ म्याच हुन्छ ।’
क्यानका अनुसार बीसीसीआईले नेपाली टोलीलाई अभ्यासका लागि आवश्यक सबै सहयोग गर्नेछ । साथै ब्याटिङ कोच पनि उपलब्ध गराउनेछ ।

आरिफ शेख उपकप्तान रहेको नेपालीमा दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ्ग, राजवीर सिंह र ललितनारायण राजवंशी छन् ।

आशिषसँगै कमल ऐरी, हिमांशु दत्त र सन्दिप लामिछाने बैकल्पिक खेलाडीमा परेका छन् । यू-१९ विश्वकप छनोट अक्टोबर १३ देखि मलेसियामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment