+
+

आज तीन लाख लिटर तेल बाँडिदै

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते ११:३२

Petrol line (7)
१२ असोज, काठमाडौं । नेपाल आयल निगमले मंगलबार पनि काठमाडौं उपत्यका र असपासका पम्पहरुलाई तेल उपलब्ध गराउने भएको छ । मध्यान्हपछि निगमले थानकोट डिपोबाट डिजेल/पेट्रोलको वितरण सुरु गर्ने प्रवक्ता दीपक बरालले अनलाइनखरबलाई जानकारी दिए ।

थानकोटबाट तेल बुझेपछि पम्पहरुले सर्वसाधरणलाई तेल बिक्री गर्नेछन् । मंगलबार २ लाख लिटर डिजेल र १ लाख लिटर पेट्रोल वितरण गर्ने निगमको योजना छ । सोमबार निगमले २ लाख ४० हजार लिटर डिजेल र १ लाख आठ हजार लिटर पेट्रोल वितरण गरेको थियो ।

कोटा प्रणाली अनुसार निगमले सवारीहरुलाई विभिन्न पम्पहरुबाट तेल बेचिरहेको छ । मंगलबार पनि ११ वटा सुरक्षा निकाय, साझा र सार्वजनिक संस्थानका ११ वटा पेट्रोल पम्पले पेट्रोल बेच्नेछन् भने ति सहित अन्य निजी पम्पहरुलाई डिजेल वितरणको जिम्मा दिइनेछ ।

सवारीको ब्लु-बुकका उल्लेख गरेर तेल दिने क्रम चलिरहेको छ । मंगलबार डिजेल वितरण हुने पम्पमा केही हेरफरेको सम्भावना रहेको प्रवक्ता बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?