१२ असोज, काठमाडौं । विद्यार्थी संगठनका नेताहरुले भारतले नेपालमा गरेको राजनीतिक र कुटनीतिक हस्तक्षेपको प्रतिवाद गर्न सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेताहरुले यस्तो आग्रह गरेका हुन् ।
ज्ञापन पत्र बुझाउन नेबिसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनका नेताहरु मन्त्री अधिकारीलाई भेट्न गएका थिए । ज्ञापनपत्रमा नाकाबन्दीले सिर्जित समस्या समाधानको वैकल्पिक व्यवस्था गर्न आग्रह पनि गरिएको छ । विद्यार्थीहरुले नेपाललाई परेको समस्याको अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण समेत गराएका छन् ।
सोमबार उनीहरुले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा कांग्रेस निकट नेबिसंघका नेताहरु सहभागी नभए पनि ज्ञापन पत्र बुझाउने कार्यक्रममा भने सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4