+
+

पुन:निर्माणमा सहकार्यबारे एनआरएनए र नेपाली सेनावीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ८:१३

shesh -armyकाठमाडाैं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नवनियुक्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीसहित नेपाली सेनाका उचस्थ पदाधिकारीहरुसँग भेट गरी भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण हुन सक्ने सहकार्यबारे छलफल गरेका छन् ।

छलफलका क्रममा अध्यक्ष घलेले प्रथम चरणको भूकम्प पीडितहरुलाई राहत वितरण कार्यमा नेपाली सेनाले संघलाई पुर्‍ाएको सहयोग र योगदानको प्रशंसा गर्दै सेनाको कार्यकुशलताबाट आफू निकै प्रभावित भएको बताउनुभयो । उहाँले नेपाली सेनाले नेपालको पुन:निर्माणमा अहंम र महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको वताए  ।

समय समयमा मातृभूमिमा आइपर्ने विपत्तिहरुको लागि संघले सधैं विश्वभरका नेपालीहरुबाट सहयोग संकलन गरी पीडितहरुको उद्धार र सहयोग गरिरहेकोमा यस्ता कार्य अझ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न र पीडित समुदायसम्म समयमै न्यून लागतमा राहत पुराउन सक्ने माध्यम नेपाली सेना हुन सक्नेमा आफू निकै आशावादी रहेको अध्यक्ष घलेले बताए ।

भूकम्पले ल्याएको विपत्तिको सामना गर्न भएका सहकार्यबाट संघ र नेपाली सेनाको समन्वयबाट राष्ट्रलाई आईपर्ने प्राकृतिक विपत्तिका बखत उद्धार गर्न सक्ने संयन्त्रको बिकास गर्न सकिने अवगत गराउँदै अध्यक्ष घलेले सहकार्यको लागि प्रस्ताव समेत राखे ।

प्रधानसेनापति क्षेत्रीले निस्वार्थ भावनाबाट नेपाल र नेपाली जनताको हितका लागि संघसंग समन्वय र सहकार्य गर्न नेपाली सेना तयार रहेको र यसका लागि आवश्यक परेमा नेपाल सरकारको स्विकृती समेत लिई अगाडि बढ्न सकिने बताए ।

गैरआवासीय नेपाली तथा संघले महाभूकम्पपछि खेलेको भूमिका तथा देखाएको अग्रसरताले यसका सम्भावनाहरु समेत उजागर गरेको आफूले महसुस गरेको वताउँदै प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाका तर्फबाट गैरआवासीय नेपालीलाई हार्दिक धन्यबाद दिए ।

संघको ७१ मुलूकहरुमा संजाल रहे जस्तै नेपाली सेनाको ७५ वटै जिल्लामा संजाल स्थापित भई सकेको र खासगरी अति विकट र दुर्गम स्थानहरुमा नेपाली सेनाले पूर्वाधार निर्माणमा पाएको सफलताले नेपालको पूनर्निर्माणमा सेनाको महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले आवश्यक परेमा नेपाली सेनाका दक्ष जनशक्तिको परिचालन गरी राष्ट्रको पूनर्निमाणमा सहकार्य गर्न तयार रहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?