गायक युवराज चौलागाइलाई पाश्र्व गायन क्षेत्र फाप्ने देखिएको छ । युवराजले लगातार आयोजना भैरहेका विभिन्न अवार्ड समारोहमा पुरस्कार जितिरहेका छन् । युवराजको पोल्टामा ‘एनएफडीसी अवार्ड, म्यूजिक खबर म्यूजिक अवार्ड र नेफ्टा फिल्म अवार्ड’को ट्रफी हात परेको छ ।
यो सँगै उनले यो बर्ष ह्याट्रिक गरिसकेका छन् । यो बर्ष अन्य अवार्ड समारोह पनि हुन बाँकी छन्, जसबाट उनले अवार्ड जित्न सक्छन् । चलचित्र ‘नोभेम्बर रेन’को ‘तिमीलाई म के भनु’ बोलको गीतबाट चर्चामा आएका युवराज पाश्र्व गायनमा दर्शक र चलचित्रकर्मीले देखाएको मायाबाट दंग छन् ।
उनै गायकले कतारमा एक साता अगाडि आयोजित ‘आठौ नेफ्टा फिल्म अवार्ड’मा चलचित्र ‘रहर’को ‘टुङ्नाको धुनमा’ बोलको गीत गाए । उनले गाएको गीतलाई दर्शकले यती धेरै मन पराएकी, वान्स मोर नै आयो । युवराजले दोहोर्याएर यो गीत गाउनु परेको थियो ।
पुरानो चलचित्रको हिट गीतलाई रिमिक्स शैलीमा गाएका युवराजको प्रस्तुती स्थानिय दर्शकले खुबै मनपराए । यसैले पनि युवराजका लागि कतारको स्टेज शोमा अफर आउन थालेको छ । उनी आफ्नो मिहिनेत र लगावले यो सफलता पाएको बताउँछन् ।
प्रतिक्रिया 4