१३ असोज, काठमाडौं । भारतीय राजदूत रणजीत रायले दशगजा क्षेत्रको भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको स्वीकार गरेका छन् । तर, भारतीय भूमिबाट ढुंगा हान्नेलाई भारतीय सुरक्षाकर्मीहरुले केही नगर्न नसक्ने प्रष्ट जवाफ दिएका छन् ।
बुधबार लैनचौरस्थित भारतीय दूताबासमा पत्रकार सम्मेलन गरेर राजदूत रायले भने-‘भारत सरकारमा यसमा पर्न चाहँदैन । यो तपाईहरुको अन्तरिम मुद्धा हो ।’
उनले अघि भने-‘बोर्डर त हाम्रो खुला छ । यदि कोही नेपालबाट भारत भान्छ भने त्यहाँ जानु गैरकानुनी त होइन । र, तपाईहरु सबैलाई थाहा छ कि भारत नेपालमा रोटी बेटीको पनि सम्वन्ध छ । त्यहाँ गएर रेष्टुराँमा खान्छ, भाइ तभिजा र बन्धु कहाँ खान्छ भने त्यसलाई हामी रोक्न सक्दैनौं ।’
म्यान ल्याण्डमा रहेका भारतीय सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुलाई हटाओस् भन्ने चाहेको भए त्यो सम्भव नभएको उनले बताए । उनले भने-‘यदि तपाईका सुरक्षाकर्मीहरुले यो काम गर्न सकेका छैनन् भने हामी यसमा परौं र हामी सुरक्षाकर्मीको मूठभेड आन्दोलनकारीसँग होस् । हामीलाई लाग्दैन कि यो उचित हुन्छ ।’
भिडियो
यो राजनीतिक मुद्धा भएकाले त्यसको समाधान हुनासाथ सीमामा देखिएको तनाव अफैं अन्त्य हुने उनले बताए । भारतीय राजदूत रायले भने-‘मुख्य इश्यु जो समस्या छ, त्यसलाई समाधान गर्नुपर्छ । सुरक्षाकर्मीले हटाउँदा तत्काल त ठिकै होला । तर, मुख्य इश्यु त राजनीतिक हो । र, यसका लागि प्रयास भइरहेका छ । हामीलाई आश छ केही समाधान हुन्छ ।’
वार्ता र सम्वादबाट समाधान खोज्नुस्
दलहरु र आन्दोलनकारी पक्षबीच सुरु भएको वार्तालाई सकारात्मक भन्दै भारतीय राजदूत रायले भने-२/४ दिन कति लाग्छ त म भन्न सक्दिँन । तर, यो चाँडै समाधान हुनेमा म विश्वस्त छु ।’
राजदूत रायले वार्ता र सम्वाटबाट समस्याको समाधन गर्न भारतले सबै दलहरुलाई आग्रह गरेको बताए । मधेसवादी दलहरुलाई वार्तामा आउन र आन्दोलन रोक्न किन दबाव दिनु हुन्न भन्ने प्रश्नमा राजदूय रायले कुनै पार्टी वा ग्रुपको नाम लिन्न भन्दै भने-‘वार्ता र सम्वादबाट समाधान खोज्नुस्, हिंसात्मक गतिविधिलाई कुनै ठाउँ छैन ।’
राजनीतिक मुद्धा भएकाले त्यसको राजनीतिक समाधान खोज्नु पर्ने भन्दै उनले यसमा अरु बाटोबाट सम्भव नभएको बताए ।
भारतसँग सीमा जोडिएको नेपालको क्षेत्रमा भएको आन्दोलनकै कारण आपूर्ति रोकिएको उनले जिकिर गरे । राजदूत रायले भने-‘जहाँ जहाँ समस्या छैन, त्यहाँबाट सामान आइरहेको छ ।’
झण्डा र पुत्ला जलाएकामा असन्तुष्टि
भारतीय राजदूत रायले भारतको झण्डा र प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएमा असन्तुष्टि जनाएका छन् ।
उनले भने-‘यो कस्तो रणनीति के हो मैले बुझेको छैन । तर, झण्डा जलाउने र पुत्ला दहन गर्ने विषय गम्भीर हो । यसले समस्या समाधन गर्छ भनेर सोच्नु हुन्छ भने एउटा कुरा हो । होइन भने हामीलाई लाग्छ यसले सहयोग गर्दैन ।’
यो पनि पढ्नुस्
प्रतिक्रिया 4