+

लिभरपुलका प्रशिक्षक रोजर्स बर्खास्त, क्लोपको सम्भावना बलियो

२०७२ असोज  १८ गते ६:५० २०७२ असोज १८ गते ६:५०
लिभरपुलका प्रशिक्षक रोजर्स बर्खास्त, क्लोपको सम्भावना बलियो

Brendan-Rodgers

१८ असोज, काठमाडौं । लिभरपुलले प्रशिक्षक ब्रेन्डल रोजर्सलाई बर्खास्त गरेको छ ।

बोरुसिया डर्टमुडन्डका पूर्व प्रशिक्षक जर्गेन क्लोप नयाँ प्रशिक्षक बन्ने लगभग पक्का भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिबार राति रोजर्सको टोलीले इभर्टनसँग १–१ को बराबरी खेलेको थियो, यो सँगै लिभरपुल प्रिमियर लिगको १० औं स्थानमा छ ।

तर, खेल अघि नै उनलाई बर्खास्त गर्ने निर्णय भइसकेको थियो । लिभुरपुलले नयाँ प्रशिक्षकको खोजी भइरहेकोब बताएको छ ।

चेल्सी तथा रियल मड्रिडका पूर्व प्रशिक्षक कार्लो एन्सेलोटी पनि लिभरपुलसँग जोडिने प्रयासमा छन् ।

लिभरपुलले यो सिजन खेलेका ११ मध्ये चार खेल मात्र जितेको छ । रोजर्सले २०१२ जुनमा क्लब सम्हालेका थिए । उनको प्रशिक्षणमा २०१३/१४ को सिजन लिभरपुल दोस्रो स्थानमा रह्यो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय