+
एनपीएल क्वालिफायर -१ :

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

२०८२ मंसिर  २३ गते १५:४२ २०८२ मंसिर २३ गते १५:४२
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ (फिल्डिङ) गर्दै छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् ।

विराटनगरले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । शंकर रानाको स्थानमा आज नारायण जोशी पहिलो रोजाइमा खेल्दैछन् ।

सुदूरले अघिल्लो खेलबाट पाँच परिवर्तन गरेको छ । पुनित मेहरा, ध्रुव पराशर, जोश ब्राउन, हिक्मत महरा र दीपक बोहरा बाहिरिएका छन् भने शेल्डन ज्याक्सन, मुख्तार अहमद, स्कट कुग्लेइन, हेमन्त धामी र मिलन बोहरा आएका छन् ।

लिग चरणबाट सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेपछि पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् । आजको  विजेता टोली फाइनल प्रवेश गर्नेछ ।

यी दुई टोली शनिबार मात्र लिग चरणको आ-आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूरपश्चिममाथि प्रभावशाली जित हासिल गरेको थियो ।

पहिलो संस्करणमा  भने सुदूरपश्चिमले विराटनगरमाथि ९० रनको शानदार जित हासिल गरेको थियो । १८३ रनको लक्ष्य पछ्याएको विराटनगर ९२ रनमा अलआउट भएको थियो ।

 

एनपीएल नेपाली क्रिकेट विराटनगर किंग्स सुदूरपश्चिम रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय