+

विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

२०८२ मंसिर  २३ गते १७:४३ २०८२ मंसिर २३ गते १७:४३

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो ।

विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।
  • ओपनर विनोद भण्डारीले ५२ बलमा ६३ रन बनाएर अर्धशतक पूरा गरे।
  • सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको छ।

२३ मंसिर, काठमाडौं । ओपनर विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो ।

विराटनगरविरुद्ध अर्धशतकपछि उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले ८ खेलबाट २६४ रन बनाएका छन् । पोखरा एभेन्जर्सबाट खेलेका इंग्लिस विकेटकिपर एडम रोसिङटनले लिगमा ७ खेलबाट एक शतकसहित सर्वाधिक ३२३ रन बनाएका छन् ।

यसै खेलबाट एनपीएलमा डेब्यु गरेका भारतका शेल्डन ज्याक्सनले २० रन जोडे । आरिफ शेखले पनि २० रन जोडे ।

यसै एनपीएलका अर्का डेब्युटान्ट मुख्तर अहमदले विनोदसँग ओपनिङ गरेका थिए । तर, उनी १० रन बनाएर आउट भए ।

२१ रनमा पहिलो विकेट गुमाएको अवस्थामा विनोद र शेल्डन ज्याक्सनले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।

त्यसपछि विनोदले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । साम हिजलेटको बलमा नरेन भट्टले बाउण्ड्री लाइनमा सानदार क्याच लिएपछि पाण्डे १३ रनमा आउट भएका थिए ।

त्यसपछि आएका कप्तान दीपेन्द्र सिंह ऐरी दुई रन लिने चक्करमा व्यक्तित ३ रनमै रनआउट भए । हर्मित सिंहले ११ बलमा १४ रन जोडे ।

एक छेउबाट लगातार विकेट जाँदा ओपनर विनोदले अर्को छेउबाट इनिङ्स सम्हालेका थिए । तर, उनी ६३ रन बनाएर १९औं ओभरको अन्तिम बलमा आउट भए । विनोद र आरिफ शेखले छैटौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । आरिफ अन्तिम ओभरमा आउट भए ।

बलिङमा विराटनगरका लागि मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २-२ तथा सूर्य तामाङ र साम हिजलेटले १-१ विकेट लिए । डे लाङले ४ ओभरमा २३ रन खर्चेका थिए ।

एनपीएल सुदूरपश्चिम रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय