१८ असोज, राजविराज । तराईतिर एउटा भनाई छ ‘भैंसके आगे विन बजाए’ अर्थात जतीसुकै मिठो र सुरिलो बाजा बजाएपनि भैंसीले सुन्दैन ।
आन्दोलनरत मधेसी मोर्चा सप्तरीले वर्तमान सरकारलाई यस्तै नसुन्ने भैंसीको प्रतिक बनाई आइतबार राजविराजमा भैंसी जुलुस प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरुले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री बामदेव गौतमलाई भैंसीको प्रतिक बनाई बजार डुलाएको अन्नपूर्ण पोस्टमा खबर छ ।
सीमाङ्कन र अधिकारको लागि ५० दिनदेखि जारी मधेस आन्दोलनको आवाज सरकारको कानमा नपरेको भन्दै उनीहरुले भैंसी जुलुस निकालेको बताए ।
स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको भैंसी जुलुस सहिद दशन चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4