Comments Add Comment

ब्रिटिस कलेजको पहिलो दीक्षान्त सम्पन्न

British College Kathmandu

१९ असोज, काठमाडौं । ब्रिटिस कलेजको पहिलो दिक्षान्त समारोह सम्पन्न भएकोे छ । काठमाडौंको बोद्धस्थित हयात होटलमा भएको समारोहमा ६३ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा लिड्स वेकेट युनिभर्सिटीको पाठ्यक्रम बीएससी अनर्स कम्प्युटिङ अध्ययन गरेका १२ जना र युनिभर्सिटी अफ दी वेस्ट अफ इङ्गल्याण्डको पाठ्यक्रम बीबीए अध्ययन गरेका १९ जना तथा एमएस्सी इन्टरनेशनल म्यानेजमेन्ट अध्ययन गरेका ३२ जना विद्यार्थी दीक्षित भएका हुन् ।

प्रमुख अतिथि बेलायतका एघारौ अर्लअफ स्याण्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागुले स्नातकोत्तर पुरा गरेका विद्यार्थीलाई दीक्षित गरेका थिए । त्यस्तै, बेलायतस्थित लिड्स वेकेट युनिभर्सिटीका प्रोफेसर तथा एसोसिएट डीन एन्ड्य्रु कुपरले बीएससी अनर्स कम्प्युटिङ अध्ययन पुरा गरेका विद्यार्थीलाई दीक्षित गरे ।

बेलायतको युनिभर्सिटी अफ दी वेस्ट अफ इङ्गल्याण्डका बीबीए कार्यक्रम संयोजक सारा वर्डले ब्रिटिस कलेजबाट बीबीए पुरा गरेका विद्यार्थीलाई दीक्षित गरेकी थिइन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपालका लागि बेलायती राजदुत जोन र्‍याङ्कइनले गरिबी निवारणको लागि शिक्षा महत्वपूर्ण भएको भन्दै विद्यार्थीहरुले हासिल गरेको ज्ञानले नेपालको अशिक्षा र गरिवि घटाउन सहयोग मिल्ने बताए ।

नेपाली व्यवासायी तथा नेपाल ब्रिटिस चेम्वर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले विद्यार्थीहरुलाई नेपाली व्यवसायिक क्षेत्रलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सहयोग गर्न आग्रह गरे । ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले दीक्षित विद्यार्थीलाई बधाई दिदै थप सफलताको कामना गरे ।

बेलायतको युनिभर्सिटी अफ दी वेस्ट अफ इङ्गल्याण्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धमा २०११ देखि बि्रटिश कलेज नेपालमा सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment