+
+

रक्सी छाड्न चाहनुहुन्छ ? पहिले चुरोट छाड्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १५:४७

alcohol

तपाइँ धुम्रपान र मध्यपान दुबैको लतमा फस्नुभएको छ र तत्कालै रक्सी छाडिहाल्ने प्रयासमा हुनुहुन्छ भने तपाइँले रक्सी भन्दा पहिले चुरोट छाड्नेतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक हुन्छ । एक नयाँ अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो ।

शोधअनुसार धुम्रपान गर्ने मानिसहरुले धुम्रपान नगर्ने मानिसहरुको तुलनामा पुनः रक्सी सेवन गर्ने सम्भावना उच्च हुन्छ । अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थका सहप्राध्यापकसमेत रहेका शोधकर्ता रेने गुडविनका अनुसार धुम्रपान छाड्ने जोसुकै व्यक्तिको पनि स्वास्थ्यमा सुधार हुन्छ ।

उनका अनुसार रक्सीको लतबाट छुटकारा पाउने सबै मानिसले चुरोटको लतबाट पनि छुटकारा पाउनु निकै महत्वपूर्ण हुन्छ ।

शोधकर्ताहरुले यो निष्कर्ष निकाल्ने क्रममा मद्यपान गर्ने ३४ हजार ६५३ जना मानिसमा शोध गरेका थिए जो विगतमा रक्सी सेवनका कारण केही न केही रोगबाट पीडित थिए । अल्कोहलिज्म : क्लिनिकल एण्ड एक्सपेरिमेन्टल रिचर्स पत्रिकामा छापिएको शोध अनुसार धुम्रपानका कारण एकचोटि रक्सी छाडिसकेको मानिसले किन पुनः रक्सी खान थाल्दछ भन्ने कुराको कारण भन्ने पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?