२३ असोज, सिन्धुपाल्चोक । नेपालको संविधानप्रति आपत्ति जनाउँदै छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगाइरहेका बेला अर्को छिमेकी चीनसमेत अवरुद्ध नाका सञ्चालनमा अनिच्छुक देखिएको छ ।
गत १२ वैशाखमा गएको भूकम्पपछि अवरुद्ध तातोपानी नाका सञ्चालन गर्न चीन अनिच्छुक देखिएको राजधानीमा खबर छ ।
चिनियाँ पक्षले तातोपानी नाका सञ्चालन गर्ने लगायका विषयमा छलफल गर्न तय गरिएको २३ असोजको सीमा सुरक्षा बैठकसमेत एकाएक रद्द भएको छ । बेइजिङबाट बोलावट भएको भन्दै सो बैठक रद्द गरिएको हो । सीमा सुरक्षा बैठक रद्द गरेसँगै दसैंअगाडि तातोपनी नाका सञ्चालनमा आउने आशा समाप्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4