घनश्याम पराजुली(कृष्ण),दोहा
तमु समाज कतारको संरक्षकत्वमा स्थापना भएको तमु साँस्कृतीक परिवारको आयोजनामा ‘गैह्र आवासिय नेपाली तारा २०१५’ को पहिलो अडिसन सम्पन्न भएको छ । ६३ जना सहभागी मध्ये ५१ जना दोश्रो चरणको अडिसनमा प्रवेश गरेका छन् ।
पहिलो अडिसनबाट नृत्य तर्फ १९ जना प्रतिष्पर्धी मध्ये रोहित वीसी , ईन्द्र गुरुङ्ग , बेद बहादुर सुनुवार , मोहन थाप मगर , दिल बहादुर मगर , पुष्पा वीसी , बद्री श्रेष्ठ , कमल सुनुवार , चित्र बहादुर पुरी , मिना मगर , लेमदेबी मल्ल , अन्जना तामाङ्ग , माईकल चौधरी , जिना पुलामी , बल बहादुर राई र रुबिना तामाङ्ग छनोट भएका छन् ।
त्यस्तै नेपाली ताराको गायन तर्फ ४४ जना प्रतिष्पर्धी मध्ये सोम थापामगर , बिमल पौडेल , देबेन्द्र गरबुजा, ईन्द्र कुमाल , दिपक लिम्बु , भुपराज राई , समिर सुनार, सन्तोष बन्जरा , सुब्बा गुरुङ्ग , दिनेश दर्जी , कमला गुरुङ्ग , अर्जुन पासवान , गोकुल थारु, राजु खत्री , रुबिन वीसी , सुष्मा मगर , सुनिल तामाङ्ग , दिनेश दर्जी , सन्देश चामलिङ्ग , सन्तोष लामा , जयन्त कुमार राजबंशी , हिमाल लुम्बा , चन्द्र परियार , राजकुमार राना , योगेश खड्का , मधु लामा , दामोदर न्यौपाने , योगेश राई , धिरेन महरा , तोरन बस्नेत , ज्योती गुरुङ्ग , कृष्ण वीसी , रमेश गुरुङ्ग , सुवास बीक र सुर्य राई छनोट भएका छन् ।
विगत लामो समयदेखी कतारमा लुकेर रहेका प्रतिभाको खोजी कार्य गरिरहेको संस्थाको यो छैठौ प्रस्तुती हो । शुक्रबार सम्पन्न पहिलो अडिसनको निर्णायक मण्डलमा नृत्यतर्फ भबिन्द्र तामाङ्ग र ईश्वर बल्लभ उप्रेती साथै गायनतर्फ देबिका केसी गुरुङ र मंगल बीक थिए ।
प्रतिक्रिया 4