+
+

केपी ओली प्रधानमन्त्रीमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते २३:५२

KP oli-650

२४ असोज, काठमाडौंं । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहिको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले सबै राजनीतिक दललाई साथमा लिएर अघि बढ्ने बताए । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार सपथ लिने भएका छन् ।

ओलीले एमालेका १८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र नेमकिपाको ४ मत पाएका छन् । राष्ट्रिय जनमोचा, नेकपा संयुक्तसहितका दलले पनि ओलीलाई समर्थन गरेका छन् ।

Kp Oli becomes New prime minister of nepal (11)

ओलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । कांग्रेसको पक्षमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र केही साना दलले मात्र मत दिएका छन् ।

मतदानमा ५८७ सभासद सहभागी भएका थिए ।

Kp Oli becomes New prime minister of nepal (9)

प्रधानमन्त्रीमा ओली निर्वाचित भएको घोषणापछि उनका प्रतिस्पर्धी कांग्रेस सभापति सुशील कोइराला ओली भएकै स्थानमा आएर बधाई दिए । एमाले सभासदहरूले घेरिएका ओलीलार्इ बधाइ दिन जाने क्रममा कोइरालालार्इ हम्मेहम्मे परेको थियो । बधाई दिएलगत्तै दुई नेताले एकले अर्कोलाई अङ्कमाल गरे ।

एमाओवादी अध्यक्ष प्रचण्डले ओली भएकै स्थानमा आएर अङ्कमाल गर्दै बधाई दिए। ओलीले अन्य नेतासँग हात मिलाएर बधाई साटासाट गरे पनि सभापति कोइराला र अध्यक्ष दाहालसँग भने अङ्कमाल गरेरै बधाई साटासाट गरे ।

आन्दोलनरत मधेस केन्द्रित दल –तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायतका नेतासमेत ओलीलाई बधाई दिए ।

Kp Oli becomes New prime minister of nepal (3)

संसद् भवनभित्र ओलीको पक्षमा मतदान गर्न जान लागेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई रोक्दै कांग्रेस सभासद् रामहरि खतिवडाले कोइराला पक्षमा मतदान गर्न तान्दै गरेको दृश्य हेर्न लायक थियो ।

त्यस्तै, ओलीको पक्षमा मतदान गर्न जान लागेका मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीलाई तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले तान्दै कोइरालाको पक्षमा लैजान खोजेका थिए ।

मतदान भएलगत्तै मत परिणाम नआउँदै ओलीलाई बधाई दिनेको लर्को लाग्न सुरु गरिसकेको थियो ।  नवनिर्वाचित प्रधानमन्त्री ओली बसेको कुर्सी नजिकै आएर तस्बिर खिचाउने सभासद्हरुको तँछाडमछाड थियो ।

उनीहरुले सेल्फीसमेत लिइरहेका थिए । निर्वाचित भएर ओली संसद्बाट बाहिरिँदै गर्दा उनको दायाँबायाँ नेपाली झन्डा लिएर दुईजना उभिएएका थिए । संसद् भवन बाहिर एमालेका नेता, कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।

Kp Oli becomes New prime minister of nepal (5)

Kp Oli becomes New prime minister of nepal (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?