+
+

नयाँ सरकार बन्दै गर्दा पूँजी बजारमा उत्साह देखिएन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १६:२६

२४ असोज, काठमाडौं । नयाँ सरकार गठन हुँदै गर्दा पूँजी बजारमा त्यसको कुनै उत्साह देखिएन । आइतबार संसदमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया चलिरहँदा सेयर बजारमा तीब्र गिरावट देखिएको छ ।

NEPSEदिनभरमा पूँजीबजार १८ अंकले झरेको छ । ४ दिनपछि साताको अन्तिम दिन शुक्रबार १२ अंकले सुध्रिएको नेप्से आइतबार फेरि रातो भयो ।

कारोबार भएका सबै समूह ओरालो लागेपछि सेयर बजारमा ठूलो गिरावट देखिएको हो । बैंकिङ समूह १९ अंकले रातो हुँदा बीमा समूह ५९ अंकले ओर्लियो ।

जलविद्युत ३४, होटल २३ र विकास बैंक १३ अंकले झरे भने टेलिकम सूचीकृत समूह १२ र वित्त ३ अंकले घटेको छ ।

दिनभरमा ६२ लाख २५ करोड रुपैयाँ बराबरको १२ लाख ६३ हजार सेयर कारोबार भए । कारोबारका आधारमा आइतबार बुटवल पावर कम्पनि अघि देखियो ।

यसैगरी एगि्रकल्चर डेभलपमेन्ट बैंक, एसियन लाइफ इन्स्योरेन्स लगायतका कम्पनिको कारोबार अन्यको भन्दा धेरै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?