+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

इन्धन अभावले गाडी नपाएकालाई प्रहरीको निःशुल्क सेवा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १७:३८

Police-Service

२४ असोज, काठमाडौं । इन्धन अभावका कारण सार्बजनिक सवारी साधन कम चलेर यात्रुहरुले दुःख पाइरहेकाबेला नेपाल प्रहरीले आइतबारदेखि निःशुल्करुपमा यात्रुहरु बोक्ने गाडीहरु सञ्चानमा ल्याएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आइतबारदेखि प्रहरी बोक्ने गाडीमा सर्वसाधारणलाई निःशुल्क सेवा दिन सुरु गरेको हो । धेरै यात्रुको चाप रहने रिङ्गरोड क्षेत्रमा २ वटा गाडी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

तेलको अभाव भएपछि काठमाडौंमा सार्वजनिक यातायात कम संख्यामा चलेका छन् । त्यसैकारण धेरै यात्रुले कोचिएर र छतमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेपछि प्रहरीले निःशुल्क रुपमा सेवा दिने गाडी सञ्चालन गरेको हो । प्रहरीले सुरु गरेको सेवाबाट सर्वसाधारण लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?