+
+

राष्ट्रपति वा उपराष्ट्रपति मध्ये एकमा एमाओवादीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १९:२३

Kp-Oli,-Prachanda-And-Kamal-Thapa

२४ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एकमा दाबी गरेको छ । साथै उसले उपप्रधान र गृहमन्त्रालय पाउने भद्र सहमति भएको खुलासा गरेको छ ।

एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि अब दलहरुवीच पावर सेयरिङमा बहस सुरु भएको छ ।

कांग्रेससहितको सरकार बन्ने अवस्थामा एमाओवादीले सभामुखमात्रै लिने सहमति भइसकेको थियो । तर, कांग्रेस प्रतिपक्षमा बस्ने भएपछि एमाओवादीले राष्ट्रपति वा उपराष्ट्रपति मध्ये एक आफूले पाउने पर्ने थप दाबी अघि सारेको हो ।

एमाओवादीका एक पदाधिकारीले अनलाइनखबरसँग भने-‘राष्ट्रपति र उपराष्ट्रपतिबारे ठोस सहमति भइसकेको छैन । तर, सरकारमा कांग्रेस नआउने भएपछि राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एकमा हाम्रो थप दाबी रहन्छ ।’

यसअघि संसदीय दलको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको दाबीमा बाटो खुलेको बताएका थिए ।

मन्त्रालय बाँडफाँडमा पनि ठोस सहमति हुन बाँकी छ । तर, अनौपचारिक सम्वाद भइरहेको छ । स्रोतको दाबीअनुसार एमाओवादीले एक उपप्रधानसहित गृहमन्त्री लिने सहमति भइसकेको छ । तर, अन्य मन्त्रालय टुङ्गो लाग्न बाँकी छ ।

राप्रपा नेपालले उपप्रधानसहित परराष्ट्र मन्त्रालय  दाबी गरेको छ । र, राप्रपा नेपालका अध्यक्ष कमल थापा आफैं सरकारमा जाने तयारीमा छन् ।

प्रधानमन्त्री चुनावको अन्तिम समयमा सहमतिमा आएको फोरम लोकतान्त्रिकले पनि उपप्रधानसहित विकासे मन्त्रालयमा दाबी गरेको छ ।
ओलीनिकट स्रोतका अनुसार राप्रपा, माले र केही साना दललाई पनि सरकारमा लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?