+
+

प्रधानमन्त्री ओलीको पहिलो निर्णय : देशलाई तुइन मुक्त गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १८:४७

Pm Kp Oli (2)

२५ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्दै देशभरबाट तुइन हटाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादव समक्ष सपथ लिएपछि सिंहदरवार पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् । लगतै ओलीले देशभर रहेका ३८५ वटा तुइन पुलमा विस्थापित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

लगतै बसेको मन्त्रिपरिषदको बैठकले निर्णय अनुमोदन गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार यसका लागि ३ अर्ब ७७ करोड लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?