+
+

एसबिअाइ बैंकले भन्यो- ९३ करोडको हल्ला झुटो हो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १८:११

२५ असोज, काठमाडौं । नेपाल एसबिअाइ बैंकबाट प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिन भारतीय दूताबासका कर्मचारीले भारतबाट अाएको ९३ करोड रूपैयाँ झिकेको भन्ने हल्लामात्रै भएको दाबी गरेको छ ।

फेसबुक र ट्विटरमा भएको हल्लाका अाधारमा मिडियाले समाचारसमेत बनाएको भन्दै बैंकले विज्ञप्ती जारी गरी खण्डन गरेको छ। सञ्चार माध्यमहरुमा उल्लेख गरिएको व्यक्तिको नाम र खाता नम्बरको कुनै बैँक खाता नै नरहेको बैंकले दाबी गरेको छ ।

sbi-bank‘अनलाइन सञ्चार माध्यमहरुमा उल्लेख गरिएको व्यक्तिको नाम र खाता नम्बरको कुनै बैँक खाता नै नरहेको पाइएको हुँदा सूचना झुठा र तथ्यहीन भएको प्रष्ट पार्छौँ ।’ कम्पनी सचिव तथा प्रमुख सूचना अधिकारी रमेश घिमिरेले जारी गरेो विज्ञप्तीमा भनिएको छ ।

मधेस अान्दोलन सुरू भएका बेला पनि भारतीय दूताबासका कर्मचारीले एसबिअाइ बैंकबाट ३ अर्ब रूपैयाँ निकालेको हल्ला चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?