+
+

उद्यमीलाई सघाउन बृहतको ‘अन्तरप्रेरणा’

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २६ गते १२:२३

२५ असोज, काठमाडौं । रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यवसायिक समूह बृहत समूह स्थापनाको नवाैं वर्षमा प्रवेश गरेको छ । वाषिर्कोत्सवका अवसरमा समूहले कम्पनी परिसर काठमाडौं विजनेश पार्क, टेकुमा रक्तदानका साथै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गर्‍यो ।

brihatनेपाल रेडक्रश सोसाइटीसँगको सहकार्यमा गू्रपले असोज २२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ जनाले सहभागिता जनाएका थिए । बृहतले आफ्नो स्थापनाको पहिलो वर्षगाँठदेखिनै हरेक वाषिर्कोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

त्यस्तै, असोज २३ मा पनि ग्रूपले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना गर्दै ‘वृहत दिवस मनायो ।

नेपाली रियल इस्टेट क्षेत्रका पायोनियर उद्यमी ओम राजभण्डारीको नेतृत्वमा संचालित बृहत ग्रूपअन्तर्गत बृहत इन्भेष्टमेन्ट्स प्रालि, बृहत प्रोपर्टी सोलुसन्स प्रालि, स्वयम्भू होटल्स एन्ड अपार्टमेन्ट प्रालि, बृहत डेभलपर्स एण्ड बिल्डर्स प्रालि, पायोनियर बिल्डर्स एण्ड डेभलपर्स प्रालि र अन्तरप्रेरणा गरी ६ संस्था संचालित छन् ।

यीमध्ये ‘अन्तरप्रेरणा ग्रूपले यसै महिनाबाट संचालनमा ल्याएको संस्था हो । यसले नवीनतम सोच तथा सम्भावना बोकेका उद्यमशील व्यक्तिहरुलाई नयाँ वा संचालनमा आइसकेको व्यवसाय सफल रुपमा स्थापित गर्न आवश्यकताअनुरुप विभिन्न किसिमले सघाउने ग्रूपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले बताए ।

अन्तरप्रेरणा विशुद्ध रुपमा उद्यमी उत्पादनको बृहत उद्देश्यले संचालनमा आएको सम्भवतः नेपालकै पहिलो कम्पनी हो । यसले नेपालमा उद्यमशीलता विकास र युवा उद्यमी उत्पादनमा मद्दत पुर्याउने अन्तरप्रेरणाका सीईओ निरज खनालको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?