+
+

त्रिविमा ८६ प्रतिशत गैरप्राविधिक विषयका विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ६:५३

Tribhuwan University१ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ८६ प्रतिशतभन्दा बढी विद्यार्थी गैरप्राविधिक विषयमा अध्ययनरत रहेको पाइएको छ । मुलुकमा प्राविधिक जनशक्तिको आवश्यकता बढ्दै गएको छ । तर, पनि त्रिविमा प्राविधिक विषयमा जनशक्ति बढ्न सकेको छैन । त्रिवि योजना महाशाखाका अनुसार ०७१/७२ मा सबै आंगिक क्याम्पसमा गरी एक लाख ७९ हजार आठ सय ६५ विद्यार्थी भर्ना भएका थिए ।

तीमध्ये एक लाख ५५ हजार ५३ अर्थात् ८६ दशमलब २२ प्रतिशत विद्यार्थी गैरप्राविधिक विषय अध्ययनरत छन् । त्रिविका आंगिक क्याम्पसहरूमा २४ हजार सात सय ८२ जनाले मात्र प्राविधिक विषय अध्ययन गरिरहेका छन् । त्रिविका सम्बन्धनप्राप्त सबै क्याम्पसको ०७१/७२ विवरण अझै केन्द्रीय कार्यालयमा आइपुगेको छैन । त्रिविले स्नातकदेखि स्नातकोत्तर तहसम्ममा विभिन्न संकाय र अध्ययन संस्थानहरूमा कार्यक्रम सञ्चालन गरेको छ । चिकित्साशास्त्रमा भने प्रमाणपत्र तहमा समेत कार्यक्रम सञ्चालन गरिरहेको नयाँ पत्रिकामा खबर छ  ।

त्रिवि योजना महाशाखाका अनुसार इन्जिनियरिङ विषयमा पाँच हजार चार सय २० जना अध्ययनरत छन् । त्यस्तै, कृषि तथा पशु विज्ञानमा एक हजार दुई सय ६३, चिकित्सामा दुई हजार तीन सय ९३, वन विज्ञानमा ६ सय २९, विज्ञान तथा प्रविधिमा १५ हजार ७७ विद्यार्थी छन् । त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढाउने योजनामा आफू रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?