+
+

सभामुखको सपथ तथा पदभार ग्रहण आज, उपसभामुखको भोली

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ९:१३

onsari-Gharti-Magar
१ कात्तिक, काठमाडौं । नवनियुक्त सभामुखले आइतबार पद तथा गोपनियताको सपथ लिने भएकी छन् । सभामुखमा निर्वाचन ओनसरी घर्तीले दिउँसो तीन बजे राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामबरण यादवबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

सपथपछि आजै सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पद बहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

उपसभामुखको सपथ र पदभार भोली

यसैबीच उपसभामुखमा निर्वाचित गंगाप्रसाद यादवको शपथग्रहण भने सोमबार हुने भएको छ । सपथको कार्यक्रम सोमबार बिहान ११ बजे सिंहदरबारमा हुने संसद सचिवालयले जनाएको छ ।

यादवले सभामुख ओनसरी घर्तीबाट सपथ लिनेछन् । सपथ लगत्तै यादवले पनि पदबहाली गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?