+
+

युवा उद्यमशिलताका लागि चुनौति भन्दा अवसर धेरै

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १०:५२
nrn ktm confrence
एनअारएन सम्मेलन तस्वीर ।

१ कार्तिक, काठमाडौं । नेपालमा उद्यमशिलताका लागि चुनौति भन्दा अवसर नै बढी रहेको सरोकारवालाहरुले बताएका छन् । एनआरएनएको ७औं अन्तराष्ट्रिय सम्मेलनका अवसरमा काठमाडौंमा आयोजित अन्तक्रिर्या कार्यक्रमका सहभागिले अवसरका दृष्टिकोणले विदेशमा भन्दा नेपालमा बढी भए पनि उद्यमशिलताको वातावरण भन्ने बन्न नसकेको बताए ।

एनआरएनका संस्थापक अध्यक्ष तथा उद्यमी उपेन्द्र महतोले उद्यमशिलताका लागि युवाहरुमा सिप हुनपर्ने उल्लेख गर्दै नेपालबाट विदेशिने अधिकांश युवामा सिपको कमी हुने भएकाले शुरुमा अवसर पाउन कठिन हुने गरेको बताए । उनले नेपालका युवालाई एनआरएनएले सधै साथ दिने प्रतिवद्धता व्यक्त गर्दै सम्भ्ावना र अवसर जुटाए उद्यमशिलताका लागि लगानीको कुनै कमी नहुने धारणा राखे ।

नेपाल युवा एद्यमी संघ -एनवाइइएफ)का पूर्व अध्यक्ष एवं ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले विदेशमा कुनै पनि व्यवसायमा सत प्रतिशत समय दिदाँ सफल हुने गरेको भए पनि नेपालमा आधा समय नीतिगत छफफल, व्यवसायिक संस्थालगायतका कार्यमै बित्ने अवस्था रहेको बताए ।
ज्योतिले युवा उद्यमशिलता विकासका लागि एनआरएनए र एनवाइइएफबीच सहकार्य भइरहेको र बुट क्याम्प मार्फत उद्यमशिलता विकासको प्रयास भइरहेको बताए ।

नेपालको कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी युवा जमात रहेको भन्दै ज्योतिले यति ठूलो जनशक्ति युवाको हुनु आफंमा सकारात्मक रहेको धारणा राखे । पुरुषहरुको तुलनामा महिलाहरु झनै मिहिनेती र इमान्दार रहेको प्रशंग उल्लेख गर्दै उहाँले उद्यमशिलतामा समावेशीताकोे पनि उत्तिकै महत्व रहेको बताए ।

यसैगरी एनवाइइएफका अध्यक्ष निरञ्जन श्रेष्ठले उद्यमशिलताका क्षमता र योजना हुँदाहुँदै पनि त्यसका लागि वित्तीय पहुँच पुग्न नसक्नु नै युवा उद्यमशिलताका लागि मुख्य अवरोध रहेको बताए ।

बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउनका लागि लगानीकर्ताले मलाई पैसा चाहिन्न भनेर विश्वास दिलाउनुपर्ने अवस्था रहेको श्रेष्ठको तर्क थियो । उनले नेपालमा व्यवसाय गरेर ढुक्कसँग नाफा गरेको छु भन्ने वातावरण नबनेको बताए ।

सिनेमा निर्माता निश्चल बस्नेतले जबसम्म युवाहरुले स्वदेशमा गर्ने कामलाई सम्मान गर्न सक्दैनन् तबसम्म स्वदेशमा उद्यमशिलताको विकास हुन नसक्ने बताए । त्यस्तै, उद्यमी अमित सुमार्गीले उद्यमशिलताको विकासका लागि सकारात्मक सोंचको विकास हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका अन्य सहभागिले नेपालमा सूचना प्रविधिमा आधारित व्यवसायको ठूलो सम्भावना रहेको भन्दै यसको विकासका लागि सबैले प्रयत्न गर्नुपर्नेमा जोड दिएका थिए । ऊर्जा र आइटी क्षेत्रमा विकास गरेमा नेपालको उद्यमशिलताले फड्को मार्ने सहभागिको भनाई थियो ।

ठूलो सङ्ख्यामा नेपाली युवाहरु विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न उद्यमशिलताको विकास गर्नुपर्ने उनीहरुको जोड थियो । उद्यमशिलताको अर्थ पैसा कमाउने मात्रै सोंच राख्नु पनि पछौटेपनको कारण रहेको उनीहरुको भनाई थियो । उद्यमशिलता अर्थ अरुको जीवन सहज बनाउने भन्ने रहेको उनीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?