+
+

अनमोल र श्रृष्टी दुबै महंगिए, ‘गाजलु’मा लोभलाग्दो पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १५:५०

anmol-and-shresthi
बर्षमा एउटा मात्र चलचित्र खेल्दै आएका नायक अनमोल केसीको पारिश्रमिक महंगिएको खबर छ । निर्माता बन्न लागेका रोहित अधिकारीले उनलाई नयाँ चलचित्र ‘गाजलु’का लागि महंगो रकम दिएको वुझिएको छ । सफल चलचित्र दिदै आएका निर्देशक हेमराज वीसीले यो चलचित्र निर्देशन गर्दैछन् ।

चलचित्रका लागि अनमोलले नसोचेको रकम लिएका छन् । तर, उनको पारिश्रमिक भने खुलाइएको छैन । यही महिनाको अन्त्यतिर छायांकनमा जान लागेको यो चलचित्रमा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले पनि अभिनय गर्दैछिन् । श्रृष्टीले निर्माता रोज राणाले चलचित्र ‘हिरोइन’का लागि महंगो पारिश्रमिक दिदा पनि काम नगरेको वुझिएको छ । रोजको यो चलचित्र अब नबन्ने पक्का जस्तै छ ।

चलचित्रमा सुरेन्द्र  पौडेलको सम्पादन, शैलेन्द्रध्वज कार्कीको छायांकन रहनेछ । नायक अनमोल केसीको क्रेज चलचित्र क्षेत्रमा ह्वात्तै बढेको छ । अनमोलले अभिनय गरेका दुई चलचित्र ‘होस्टेल र जेरी’ले राम्रो कमाई गरेका थिए । युवापुस्तामाझ छोटो समयमा नै आफ्नो क्रेज बनाउन सफल अनमोलसँग काम गर्न निर्माता तथा निर्देशकलाई गाह्रो छ ।

हेमराजसँग भने अनमोलले तेश्रो पटक काम गर्दैछन् । निर्माता रोहित अधिकारीले चलचित्र क्षेत्रमा आफू नयाँ भएपनि राम्रो चलचित्र बनाउन कुनै कञ्जुस्याँइ नगर्ने बताएका छन् । चलचित्रमा सलोन बस्नेत, गौरव पहारीले पनि काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?