+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चार लाख ७९ हजार परिवार टहरोमा दसैं मनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते ७:०३

CG Tahara Sindhupalchok 4
२ कात्तिक, काठमाडौं । वैशाख १२ को भूकम्पले घरबार गुमेका लाखौं नेपाली यसपालि टहरोमा दसैं मनाउँदै छन् । त्यसमा पनि भारतको अघोषित नाकाबन्दीका कारण यो वर्षको दसैं कष्टकर बनेको नयाँ पत्रिकामा खबर छ ।

गृह मन्त्रालयका अनुसार चार लाख ७९ हजार नेपालीको घर भूकम्पले पूर्ण रुपमा क्षति भएको छ । उनीहरुलाई सात महिनादेखि अस्थायी टहरोमा बस्दै आएका छन् । सरकारले जस्ता किन्न १५ हजार रुपैयाँ र केही खाद्यान्नबाहेक अरु सहयोग गर्न सकेको छैन् ।

दसैंका बेलामा समेत सरकारले केही सहयोग गरेन । १२ वैशाख र त्यसपछि आएका भूकम्पको परकम्पमा आठ हजार आठ सय ५५ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ । उनीहरुका परिवारलाई सरकारले एक लाख राहत र ४० हजार रुपैयाँ किरिया खर्च दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?